कार्यालय प्रमुखले गरेको नमुना मतदानमा ४० प्रतिशत मत बदर

कार्यालय प्रमुखले गरेको नमुना मतदानमा ४० प्रतिशत मत बदर

फिदिम : जिल्ला निर्वाचन कार्यालय पाँचथरले सदरमुकाम फिदिममा गरेको नमुना मदानमा ४० प्रतिशत मत बदर भएको छ। जम्मा खसेको एक सय तीन मत गणना गर्दा ६८ मत मात्र सदर भएको हो।

सर्वसाधारणको न्युन उपस्थितिमा गरिएको नमूना मतदानमा मुख्य निर्वाचन अधिकृतलगायतका कार्यालय प्रमुख र म्यादी प्रहरीले मतदान गरेका हुन्। खसेको मतमा एक मत पूर्ण वदर र ३४ मत आंशिक बदर भएको जिल्ला निर्वाचन अधिकारी ध्रुवकुमार राईले जानकारी दिनुभयो।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजेन्द्रप्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, स्थानीय विकास अधिकारी गिरिराज ज्ञवाली लगायतका कार्यलय प्रमुख र म्यादी प्रहरीले नमुना मतदानमा मत हालेका हुन्।

सदरमुकाम मै गरिएको नमूना मतदानमा सर्वसाधारणको उपस्थिति न्युन थियो। अधिकांश मत कार्यालय प्रमुख र म्यादी प्रहरीले हालेका हुन्। जिल्लाको सबैभन्दा सुगम र शिक्षित ठाँउमा कार्यालय प्रमुखहरु नै सम्मिलित मतदानमा ठूलो संख्याको मत बदर भएको हो। म्यादी प्रहरी र सर्वसाधारणले मत हालेकाले बदर मतको संख्या राईले बताउनुभयो।

क्रस मतदान गर्न खोज्दा मत बदर हुने सम्भावना बढी भएको मतदानमा संलग्नले बताएका छन्। क्रस मत लागाउन निकै समस्या हुने मतदानमा सहभागी अधिवक्ता टिका तिम्सिनाले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.