प्रदेश २ को निर्वाचन सारेर मधेसीलाई घेराबन्दी गरियो : उपेन्द्र
काठमाडौं : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले २ नम्बर प्रदेशको चुनाव तेस्रो चरणमा असोज २ गते गर्ने सरकारको निर्णयप्रति तीब्र असन्तुष्टि व्यक्त गनुभएको छ। सरकारले मधेसलाई घेराबन्दीमा पार्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर चुनावको मिति सार्ने षड्यन्त्र गरेको आरोप लगाउनु भएको हो ।
अन्नपूर्णसँग कुरा गर्दै नेता यादवले भन्नुभयो,‘ राजपाको दिशाहीनताले त्यो योजना सफल बनायो । २ नम्बर प्रदेशको चुनाव तेस्रो चरणमा असोज २ गते गर्ने सरकारको निर्णयको उद्देश्य मधेसलाई घेराबन्दीमा पार्न कांग्रेस र माओवादी केन्द्रले गरेको षड्यन्त्र हो । ’
कांग्रेस र माओवादीले पहिलेदेखि नै चाहन्थे कि २ नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा होस् र अन्य सबै ठाउँमा निर्वाचन सम्पन्न भइसकेपछि २ नम्बर प्रदेशलाई घेराबन्दी गर्न सजिलो हुने योजना रहेको आरोप लगाउनु भएको छ।