गृहमन्त्री शर्मा र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट
काठमाडौं : फ्रान्सेली राजदूत वेश कारमोनाले गृहमन्त्री जर्नादन शर्मासँग शिष्टाचार भेट गर्नु भएको छ। शुक्रबार गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री जर्नादन शर्माले फ्रान्स र नेपालबीच लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रहेको र आपसी समझदारी कायम रहने बताउनु भयो ।
मन्त्री शर्माले समसामयिक विषयबारे जानकारी गराउदै स्थानीय निर्वाचनले राजनीतिक स्थायित्व कायम हुने र विकासको स्वस्थ्य प्रतिस्पर्धाको विकास हुनेमा जोड दिनु भयो ।
शर्माले दोस्रो चरणको निर्वाचन पनि निर्धारित समयमा सम्पन्न हुने बताउँदै प्रदेश र संघको निर्वाचनको तयारी भइ रहेको उल्लेख गर्नुभयो ।
यसैगरी फ्रान्सेली राजदूत कारमोनाले नेपालसँग निकटतम सम्बन्ध रहेको भन्दै, विभिन्न आपराधिक गतिविधि समेत साझा सहकार्यमा नियन्त्रण भएको जिकिर गर्नुभयो ।
फ्रान्स र नेपालबीच २००६ देखि कूटनीतिक सम्बन्ध जोडिएको हो ।