उमेरको देउरालीमा एक गीतकार

उमेरको देउरालीमा एक गीतकार

 

'ल.. ल...। तपाईंको मोबाइलले मेरो फोटो खिचिदिनोस् ! भर्खर दाह्री पनि काटेर आएको छु बाहिर गएर, आफूले काट्न सक्तिनँ, हातले हुँदैन ।' आफ्नो गाला मुसारिसकेपछि स्विटरभित्र पसेको सर्टको कल्लरलाई उनले ताने, सर्टको माथिल्लो टाँक टपक्क लगाए र फोटो खिचाउने मुडमा अटेन्सन भएर बसे।
क्लिक्... क्लिक्... !
विभिन्न पोजमा मैले दुई-तीन स्न्याप फोटो सरासर खिचेँ उनको ।
'सबै कुरो बिर्सन्छु, केही सम्झन्नँ ।' दुई-चार खाली कागज र डट्पेन अघि सारे उनले-'अब अस्पताल भर्ना हुनु छ ।'

Bimal-Bhaukaji'के भएको छ तपाईंलाई ?' म कागजमा प्रश्न लेख्छु ।
'ओहोहो... कुरा नगर्नुस्...' जुरुक्क उठे उनी र एउटा प्लास्टिकको बट्टा मेरो अगाडि ल्याएर खोले । अनि झिके विभिन्न औषधिका पत्ताहरू ।'एकदम कडा औषधि पो खाइरहेको छु त मैले । यो मुटुको, यो प्रेसरको... अनि...' फेरि दराजतर्पm गएर एउटा अर्को पेस्ट-औषधि ल्याएर देखाए,'यो मेरी छोरीले अमेरिकाबाट पठाइदिएकी, अस्पतालमै काम गर्छे नि उनी ।' टाढाबाट पनि औषधिमार्पmत यति धे...रै माया लपेटेर पठाउने छोरीप्रतिको गर्व थियो उनका आँखामा । म निकै भावविह्वल भएँ । मेले सोधेँ आपैmंलाई-'के भौतिक उपस्थितिबिनाको माया-प्रेमले वास्तविक आभास दिलाउन सक्छ र ?''तपाईं गइसकेपछि तपाईंले यो कागजमा लेखेका कुराहरू फेरि दोहोर्‍याई-दोहोर्‍याई पढ्छु ।

तपाईंले मलाई के-के सोध्नुभो ? हामीले के-के कुरा गर्‍यौँ ? त्यो पढेर हामीले के-के कुरा गर्‍यौँ, सम्झने कोसिस गर्छु ।' मैले लेखेका प्रश्नहरूतिर उनका आँखा दौडिए ।भैरवनाथ रिमाल'कदम', वरिष्ठ गीतकार ! म उनको साथमा छु । कान ठ्याम्मै सुन्दैनन् उनी । उनीसँग बातचितको माध्यम तिनै डट्पेन र कागज । यसपटक, मैले केही लेख्नुअघि नै उनी सुरु भए-'यो २०२६ साल असार महिनाको कुरो । राष्ट्रिय नाचघरमा थिएँ म । सन्दर्भ थियो प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको कविता महोत्सवको पुरस्कार समारोह ।'अधिकार र कर्तव्य' शीर्षक दिइएको उक्त कविता प्रतियोगितामा म तेस्रो भएको थिएँ । र, साथमा थिए, अन्य पुरस्कृतहरू कालीप्रसाद रिजाल, क्षेत्रप्रताप अधिकारी, उर्मिला श्रेष्ठ, शरदकुमार भट्टराई । त्यही जमघटमा राजा महेन्द्रले मतर्फ इंगित गर्दै सहसचिव बोधनाथ चालिसेलाई हुकुम गरे- यिनका लागि आवाज सुन्ने यन्त्र विदेशबाट किनेर ल्याइदिनू !'

नभन्दै केही समयपछि उनलाई त्यो यन्त्र प्राप्त भयो । र, अहिलेसम्म पनि उनीसँँग सहीसलामत छँदै छ त्यो । तर त्यसको उपयोग गर्ने गर्दैनन् उनी । किनकि त्यो लगाएपछि कान त सुनिन्छ तर रिंगटा लाग्ने गर्दो रहेछ उनलाई ।

वि.सं. २०१६ मा रक्षा मन्त्रालयबाट जागिरे यात्रा सुरु गरेका भैरवनाथ रिमालको मनमस्तिष्क भने सदैव गीतसंगीतमै तरंगिरहन्थ्यो ।'मैले गीत नलेखेको भन्ने कुनै विषय नै छैन ।' उनी दाबीका साथ आपूmलाई प्रस्तुत गर्छन् । हुन पनि उनको कलमले राष्ट्रियताको सन्दर्भ भनौं कि प्रेम प्रणयको सन्दर्भ भनौं वा भक्तिका भनौं एकसाथ जुनसुकै विषयमा उनको कलम चलेको पाइन्छ । र, केवल उनको त्यो कलम गीति विधामा मात्रै सीमित छैन । उनले उत्तिकै कविता पनि लेखेका छन् । कवितामा झन् अन्य कविहरूसँग नै प्रतिस्पर्धा गर्न सक्ने खुबी उनको कलममा छ भन्ने पुष्टि त माथि उठाइएको कविता महोत्सवको प्रसंगले नै गरिसकेको छ ।

उदास मेरो जीवनकथा...ब्रेकर : आज सुनिने गीत त... आजै लेखियो, आजै गाइयो र आजै बिर्सियो बस् । स्वयम् भैरवनाथ रिमाल'कदम' मौन भाषामा जवाफ मागिरहे झैं लाग्छन्-'खोइ आजकल जीवनलाई छुने गीत कसले लेख्छ ?'

हेक्का राख्नुपर्ने तथ्य यो छ कि पुस्तकका रूपमा उनका कविताहरूका दर्जनौं संग्रह प्रकाशित भएका छन् । यसका अलावा खण्डकाव्य, लेखहरूका संग्रह, लोकगीत-आधुनिक गीतहरूका संग्रहसमेत आजसम्मको पुस्तकको प्रकाशित सख्या २४ छ । वि.सं. २०११'भैँचम्पा' (खण्डकाव्य) बाट आफ्ना रचनाहरूको संगृहीत पुस्तक-प्रकाशनको सिलसिला २०५५ सम्म जारी रह्यो । सबैभन्दा पछिल्लो कृति'हरेक प्रहर हरेक लहर'को नामबाट आएपछि अन्य कृति निष्कासन गर्ने कार्य रोकिएको छ । अभैm पनि छापिन बाँकी उनीसँग थुप्रै रचनाहरूको थाक छ । समय, उमेर र परिवेश यसको मुख्य कारण हुन्- उनको मनमा यस्तो छ ।

'हरेक प्रहर हरेक लहर छापिनुपछाडिको रचनागर्भ अर्कै छ,' उनी प्रसंग जोड्छन्,'मेरो त्यो किताबको पाण्डुलिपि नारायणगोपालसँग थियो । एक दिन उनले बालमुकुन्ददेव पाण्डेलाई भनेछन्- (बालमुकुन्दकै लिखित शब्दमा) अहिले मसँग पैसा छैन । उधारोमा तपाईंले निकालिदिनु पर्‍यो । नभन्दै २०३५ सालको वर्ष-आरम्भकै दिनको अवसर पारेर मेरा ६८ वटा गीतहरू संग्रहको रूपमा नारायणगोपालको प्रकाशकत्व (निजी खर्च) मा त्यो पुस्तक निस्कियो ।'

नारायणगोपालले सो पुस्तकको प्रकाशकीयमा लेखेका छन्-'...मलाई खुसी लाग्नु स्वाभाविक नै हो- कारण यसमा परेका राष्ट्रिय भावनाले ओतपोत अनि उत्कृष्ट कविताहरूले पाठक वर्गलाई राष्ट्रियताप्रति सचेत गराउने नै छन्, साथै आजको प्ररिप्रेक्षमा विकासको लागि केही अंशमात्र भए पनि यस कवितासंग्रहले योगदान पुर्‍याउनेछन् भन्ने कुरामा म विश्वस्त छु ।' नारायणगोपालद्वारा भावनात्मक रूपमा कवितासंग्रह भनिएको यो गीतिसंग्रह अन्तत: निकै लोकप्रिय बन्न पुग्यो । कृतिको दोस्रो संस्करण तत्कालै भदौ महिनाको सुरुमै हुनुले त्यो लोकप्रियताको पुष्टि गर्छ । यतिमात्रै होइन, फेरि फागुन महिनाको पहिलो हप्तामै तेस्रो संस्करण र अर्को वर्षको असार महिनामा चोथौ संस्करण निस्कनुले उनको गीतको लोकप्रियतामाथि अझ थप पुष्टि हुन सघाउ पुर्‍याउँछ ।

स्वरसम्राट् नारायणगोपालका अत्यन्तै प्रिय गीतकार थिए उनी । अपवाद छाडेर स्वभावत: गायकहरू गीत लेख्दैनन्, संगीत भर्दैनन्, केवल गीत गाउँछन् । तर, नारायणगोपाल गायक भइकन पनि एक पोख्त संगीतकारसमेत थिए । उनले भैरवनाथका यी गीतमा संगीत दिएका थिए-
- उदास मेरो जीवनकथा... (स्वर : अरुणा लामा)
- जिन्दगीका पानाभरि... (स्वर : फत्तेमान)
- नचिने भैmं गरुँ भने... (स्वर : फत्तेमान)
- शान्तिको धारा सदैव... (स्वर : फत्तेमान)
यी गीतबाहेक अर्को यो गीत जसलाई स्वयम् नारायणगोपाल आपैmंले गाएका थिए-
जुन  फूल मैले चाहेको थिएँ
कसैले टिपेछ
सौन्दर्य भने त्यो सधैं मेरो
आँखामा लुकेछ...स्मरणीय छ, यो गीत पाकिस्तानी प्रसिद्ध गजल गायक गुलाम अलीले समेत नेपाल आएका बखत स्टेजमा लाइभ गाएका थिए जसका प्रत्यक्ष श्रोता स्वयम् नारायणगोपाल र भैरवनाथ आपैmं पनि थिए ।

नेपालको गीति क्षेत्रमा आजकल सबैले देखे-सुनेकै छन्, हम्मेशी गीतकारका गीतहरू खोजेर संगीत गरिँदैन वा गाइँदैन । स्वयम् गीत लेख्नेले संगीतकार र गायक खोज्दै हिँड्नुपर्छ । तर, जसको गीत खोजी-खोजी संगीत गरिने वा गाइने त्यस्ता केही गीतकारमध्ये भैरवनाथ रिमाल'कदम'को पनि नाम आउँछ । प्रेम-प्रणयलगायत र जीवनका अनेक स्वरहरू मुखरित गराउनु कदमका गीतको मूल मर्म हो । दीप श्रेष्ठले गाएका'हुँ यात्री एउटा रुमल्लिहिँड्ने अँधेरी रातमा...' एक जमानाको अत्यन्त'हिट गीत' हो ।

तर आज ? त्यस्ता गीत रेडियोबाट कमै सुन्न पाइन्छ । आज सुनिने गीत त... आजै लेखियो, आजै गाइयो र आजै बिर्सियो बस् । स्वयम् भैरवनाथ रिमाल'कदम' मौन भाषामा जवाफ मागिरहे भैmं लाग्छन्-'खोइ आजकल जीवनलाई छुने गीत कसले लेख्छ ?'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.