८ बजेपछि धनकुटाका होटल बन्द

८ बजेपछि धनकुटाका होटल बन्द

धनकुटा : आगामी असार १४ गते हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाको लागि भन्दै जिल्ला सुरक्षा समितिले हरेक दिन राती ८ बजेपछि सम्पूर्ण होटलमा मदिरा विक्री वितरण निषेध गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सुरक्षा समिति, होटल व्यवसायी र उद्योग वाणिज्य संघको प्रतिनीधिको बैठकबाट सो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताउनु भयो।

चुनावको बेला राति मदिरा सेवन गरी होहल्ला, झगडा हुने र शान्ति सुरक्षामा असर पुग्ने र चुनावी वातावरणमा असर पुग्ने भएकाले राति आठ बजेपछि सबै होटल बन्द गर्न निर्देशन दिएको उहाँले बताउँनु भयो।

उहाँले भन्नुभयो ‘राति ८ बजेपछि होटल खुलेको र मदिरा विक्री वितरण भएको थाहा पाए कार्वाही गरिनेछ। त्यस्तै चुनाव हुने ४८ घण्टा अगाडिदेखि भने धनकुटाका सबै होटलमा मदिरा विक्री वितरण पुर्ण निषेध गरिने भएको छ।

यसैगरी शनिबार स्थानीय तहको निर्वाचनमा रिपोर्टिङ कसरी गर्ने र सूचना कसरी सहज उपलब्ध गराउने भन्ने विषयमा धनकुटाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जिल्लाका सञ्चारकर्मीसँग छलफल गरिएको छ।

निर्वाचनको लागि मनोनयन पत्र दर्ता गर्दा कार्यालयमा भीड हुने र पत्रकारलाई रिपोर्टिङ गर्न समस्या हुने भएकाले सहज उपाय खोज्ने विषयमा छलफल भएको थियो।

छलफल कार्यक्रममा मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले मनोनयन पत्र दर्ता गर्ने उम्मेद्वारको विवरण र मत गणनाको विवरण सकेसम्म छिटो उपलब्ध गराउने सञ्चारकर्मी समक्ष बताउनु भयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.