तोडफोडको आरोपमा नेविसंघका नेता विश्‍वविद्यालयबाट निष्कासित

तोडफोडको आरोपमा नेविसंघका नेता विश्‍वविद्यालयबाट निष्कासित

सुर्खेत: तोडफोडमा संलग्न रहेको भन्दै नेविसंघका केन्द्रिय सदस्य अनिलबहादुर शाहीलाई विश्वविद्यालयबाट निष्कासन गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीसमेत रहेका शाहीले रजिष्टारको गाडीमा तोडफोड गर्ने कामको नेतृत्व गरेको भन्दै विश्वविद्यालयका पदाधिकारीहरुको बैठकले निष्कासन गर्ने निर्णय गरेको हो।

विश्वविद्यालयमा आन्दोलनरत विद्यार्थीहरुले विस्तारित कार्यालयमा रोकिराखेको रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लले चढ्दै आएको गाडीमा शुक्रवार दिउँसो तोडफोड गरेका थिए। ढुंगा प्रहारबाट उक्त गाडीमा क्षति पुगेको छ।

रजिष्ट्रार चढ्ने बा १७ च ४२५५ नम्बरको गाडी तोडफोड भएपछि विश्वविद्यालयले नेता शाहीलाई निष्कासन गरेको हो। गत जेठ २७ गतेदेखि विभिन्न माग राख्दै विद्यार्थी संगठनहरुले आन्दोलन गर्दै आएका छन् । सोहीक्रममा आज रजिष्टारको गाडीमा तोडफोड भएको थियो।

गाडीमा रजिष्टार नभएको बेलामा तोडफोड गरिएको भन्दै विश्वविद्यालयले रजिष्टारको ज्यान लिनेसम्मको प्रकृतिको घटना भन्दै भर्त्सना गरेको छ। यस्तै विद्यार्थी नेता शाही अपराधिक कार्यमा संलग्न रहेकाले उनलाई विश्वविद्यालयबाट निष्कासन गर्ने निर्णय गरिएको र कानुनी कारबाहीका लागि सम्वन्धीत पक्षलाई आग्रह गरिएको विश्वविद्यालयले जनाएको छ।

यता, विद्यार्थी नेता शाहीले भने जस्तोसुकै कारबाही गरिए पनि जायज माग उठाउन नछोड्ने बताउनुभएको छ। शान्तिपूर्ण तरिकाले माग राख्दा सुनुवाई नभएपछि बाध्य भएर चेतावनी स्वरुप तोडफोड गरिएको भन्दै उहाँले यही अवस्था रहे थप क्षति बेहोर्नुपर्ने चेतावनी दिनुभयो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.