राजपाका कार्यकर्ताद्वारा माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड

राजपाका कार्यकर्ताद्वारा माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड

नवलपरासी : राष्ट्रिय जनता पार्टी (राजपा)का कार्यकर्ताले नवलपरासीमा रहेको माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा आक्रमण गरेका छन्।

शनिबार परासीमा आयोजित लाठी जुलुस प्रर्दशनमा सहभागी राजपाका कार्यकर्ताले सदरमुकाम परासीस्थित माओवादी केन्द्रका पार्टी कार्यालयमा आक्रमण गरेका हुन्।

आक्रमणमा उत्रिएका कार्यकर्ताले पार्टी कार्यालयको बोर्ड तोडफोडगर्दै जलाएका छन्। त्यसैगरी जुलुमा सहभागी प्रदर्शनकारीले कांग्रेस कार्यकर्ताको घरमा राखेका झण्डासमेत निकालेका थिए।

असार ४ गतेको मनोनयन पत्र दर्तामा अवरोध गराउने उद्देश्यले आयोजना गरिएको लाठी जुलुसले कांग्रेसविरुद्ध चर्का नाराबाजी गरेको थियो। प्रर्दशनपछि जुलुस बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.