मानवतस्करको फन्दामा परेका नौ सय जनाको उद्धार

मानवतस्करको फन्दामा परेका नौ सय जनाको उद्धार

त्रिपोली (लिबिया): लिबियाको पश्चिमी भाग साव्रधा सहर नजिकैको सामुद्रिक क्षेत्रबाट शुक्रबार करिब ९०० आप्रवासी शरणार्थीलाई उद्धार गरेको लिबियाली सामुद्रिक सुरक्षा अधिकारीले जनाएका छन् ।

लिबियाली नौसेनाका प्रवक्ता आयुब कसीमले सामुद्रिक सुरक्षा अधिकारीले जाबिया सहरदेखि पिछा गरी साब्रथा सहर जाने क्रममा विभिन्न पाँच डुङ्गामा यात्रारत करिब ९०० आप्रवासी शरणार्थीलाई उद्धार गरिएको बताउनुभयो । असुरक्षित यात्रामा ९८ महिला र २५ बालबालिकासमेत रहेका पाइएको उहाँले बताउनुभएको छ ।

प्रवक्ता कसीमका अनुसार उद्धार गरिएकामा तीनजना लिबियालीसहित अफ्रिकी र अरब मूलका आप्रवासी शरणार्थी रहेको बताइएको छ ।

मानव तस्करहरुले उनीहरुलाई लामो यात्रामा असुरक्षित मानिने काठे डुङ्गाको प्रयोग गरी साब्रथातर्फ लगिँदै थियो ।

यसैबीच इटालीको सामुद्रिक सुरक्षा अधिकारीले बिहीबार एक हजार आप्रवासीलाई उद्धार गरिएको थियो । यस वर्षमात्र लिबियाली सामुद्रिक क्षेत्रबाट नौ हजार १११ आप्रवासीलाई असुरक्षित डुङ्गा यात्रा गर्दै युरोप जाने क्रममा उद्धार गरिएको अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम)ले शुक्रबार जनाएको छ ।

लिबियामा रहेको सुरक्षा सङ्कट र अराजकताको फाइदा लिँदै गरिबी र असुरक्षाबाट बच्न हजारौँ लिबियाली साव्रथा हुँदै युरोप छिर्ने गरेका छन् ।

यसको फाइदा लिँदै केही द्वन्द्वग्रस्त अरब राष्ट्र तथा अफ्रिकी मुलुकबाट लिबियाको बाटो युरोप पुरयाउने प्रलोभनमा पार्दै मानव तस्करले गरिब तथा द्वन्द्वपीडितबाट मोटो रकम असुल गरी युरोप पुरयाउने गरेका आइओएमको तथ्याङ्क छ । साना डुङ्गामा भार वहन क्षमताभन्दा बढी आप्रवासीलाई सामुद्रिक यात्रा गराउँदा हजारौँ व्यक्तिको समुद्रमा डुबेर मृत्यु हुने गरेको छ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.