सीके राउतका प्रवक्ता पक्राउ
बर्दिया : स्वतन्त्र मधेस गठबन्धन (सीके राउत) समूहका केन्द्रीय प्रवक्ता बर्दियामा पक्राउ परेका छन्। अनुसन्धानका लागि भन्दै प्रहरीले गुलरिया नगरपालिका ११ स्थित मोहम्मदपुरबाट स्वतन्त्र मधेस गठबन्धनका प्रवक्ता अब्दुल खाँलाई पक्राउ गरेको हो।
बर्दिया जिल्ला इन्चार्जसमेत रहेका ३० वर्षीय खाँलाई शुक्रबार राति साढे ११ बजे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक युवराज खड्काको नेतृत्वको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
‘खाँको रूपन्देही र सिराहा प्रहरी कार्यालयमा राज्यविरुद्धको आरोपमा मुद्दा दर्ता भएकाले हामीले पक्राउ गरेका हौं’, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक युवराज खड्काले भन्नुभयो, ‘केही दिनयता जिल्लामा निर्वाचनविरोधी गतिविधि गरेकोसमेत पाइएको छ।’