‘अब हेरफेर हुन्न'

‘अब हेरफेर हुन्न'

काठमाडौं : सरकारले प्रदेश १, ५ र ७ मा असार १४ गते चुनाव गराउन शान्ति सुरक्षालगायत तयारीलाई प्रभावकारी रूपमा अघि बढाउने भएको छ ।
तीन दिनअघि राष्ट्रिय जनता पार्टीको विशेष आग्रहमा प्रदेश २ को चुनाव असोज २ गतेलाई सारेको सरकारले प्रदेश १, ५ र ७ मा असार १४ गते नै चुनाव सम्पन्न गराउन सबै संयन्त्र परिचालन गरेको छ ।

‘अब चुनावबारे कुनै हेरफेर हुँदैन', कांग्रेसबाट सरकारमा सहभागी एक वरिष्ठ मन्त्रीले अन्नपूर्णसँग भन्नुभयो, ‘आइतबारदेखि उम्मेदवार मनोनयन सुरु हुने भएकाले अब चुनावी कार्यक्रम हेरफेरमा पुनर्विचार हुँदैन । सरकार चुनावका लागि अघि बढिसकेको छ ।'

प्रदेश नम्बर २ को चुनाव सारेकोमा प्रदेश नम्बर ५ को पनि सर्ने हो कि भन्ने अन्योल देखिइरहेका बेला सरकारका वरिष्ठ मन्त्रीले तीन प्रदेशमा चुनावका लागि सरकार अघि बढिसकेको बताउँदै चुनावी कार्यक्रममा समेत कुनै हेरफेर नहुने बताउनुभएको हो । प्रदेश २ को चुनाव स्थगन गराउन पार्टीभित्र दबाब दिँदै आउनुभएका कांग्रेस सांसद एवं केन्द्रीय सदस्य महेन्द्र यादवले चुनाव अब कुनै हालतमा नसर्ने बताउनुभयो ।

‘राजपाले राजनीतिक कन्जम्प्सनका लागि सहमति तोडेको हो', कांग्रेस नेता यादवले भन्नुभयो, ‘सहमतिकै कारण सरकारले तराईका जनता चुनावको पक्षमा हुँदाहुँदै पनि राजपालाई सहभागी गराएर संविधानको स्वीकार्यता बढाउन चुनाव सारेको हो । अब कुनै हालतमा चुनाव सर्दैन ।'

सरकारले प्रदेश १ र ५ मा विशेष सुरक्षा सतर्कता अपनाउने भएको छ । त्यसका लागि शनिबार नै सुरक्षा कमान्ड सम्बन्धित क्षेत्रमा पुगिसकेको छ । ‘उम्मेदवार, मतदाता र राजनीतिक दलका नेताको सुरक्षा दिने जिम्मेवारी सरकारको हो', ती मन्त्रीले भन्नुभयो, ‘हामीले सुरक्षामा कुनै कमी नराख्ने गरी सुरक्षा प्रबन्ध मिलाइसकेका छौं ।' निर्वाचन आयोगले पनि तीनवटै प्रदेशमा तयारी पूरा गरिसकेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.