नवलपरासीमा राजपाका २५ नेता कार्यकर्ता पक्राउ परेपछि सडकमा उपस्थिति शून्य

नवलपरासीमा राजपाका २५ नेता कार्यकर्ता पक्राउ परेपछि सडकमा उपस्थिति शून्य

नवलपरासी : राष्ट्रिय जनता पार्टीले (राजपा)ले आव्हान गरेको बन्दका बाबजुद परासी क्षेत्रको दक्षिणभेगका स्थानीय तहमा मनोनयन पत्र दर्ता भएको छ।

प्रदेश नम्बर ५ को परासी क्षेत्रमा तीन नगरपालिका र चार गाउँपालिका छन्। मनोनयन पत्र दर्ता कार्यक्रमलाई बिथोल्ने गरी राजपाले आइतबार आमहड्ताल आव्हान गरेको थियो।

अवरोधलाई मध्यनजर गर्दै प्रहरीले शनिबार र आइतबार राजपाका जिल्ला अध्यक्षसहित २५ जना नेताकार्यकर्तालाई पक्राउ गरेको छ। उनीहरु पक्राउ परेपछि राजपाका समर्थकहरु कतै पनि देखिएका छैनन्।

मनोनयन पत्र दर्ताको अघिल्लो दिन शनिबार परासी सदरमुकाममा प्रहरी र राजपाका कार्यर्ताबीच झडप भएको थियो। झडपपछि परासी सदरमुकाम र दक्षिणभेगका स्थानीय तहमा राजपाका कार्यकर्ताहरुले मनोनयन दर्ता कार्यमा अवरोध गर्न सक्ने आशंका गरिएको थियो। तर नेताकार्यकर्ताहरु पक्राउ परेपछि उनीहरुका समर्थहरु कतै पनि देखिएका छैनन्। यसले गर्दा उम्मेदवारहरु निर्वाधरुपमा मनोनयन पत्र दर्ता गर्न पुगेका छन्।

अहिलेसम्म नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपालगायतका दलहरुले उम्मेदवारी दर्ता गरेका छन् भने स्वतन्त्रबाट पनि मेयर र अध्यक्षमा उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभयो।

जिल्लास्थित सुरक्षा समितिले पाल्हीनन्द र प्रतापपुर गाउँपालिकालाई अति संवेदनशिल स्थानीय तहका रुपमा लिएको छ। त्यहाँपनि शान्तिपूर्ण तरिकाले मनोनयन पत्र दर्ता भएको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभयो। जिल्ला सुरक्षा समितिले अति संवेदनशिल, संवेदनशिल र सामान्य संवेदनशिल क्षेत्र गरी स्थानीय तहमा सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताउनुभयो।

रामग्राम नगरपालिका, सरावल र सुस्ता गाउँपालिका संवदेनशिल तहको रुपमा राखिएको छ। सुनवल र बर्दघाटलाई सामान्य संवदेनशिल तहमा राखिएको छ। ती सबै क्षेत्रमा शान्तिपूर्ण तरिकाले निर्वाचन कार्यक्रम सञ्चालन भइरहेको प्रजिअ राना मगरले बताउनुभयो। राजपाको प्रभाव क्षेत्र नरहेको सुनवल र बर्दघाट नगरपालिकामा उत्साहजनक रुपमा मनोनयन दर्ता कार्यक्रम भइरहेको छ। त्यहाँ बन्दको कुनै पनि प्रभाव छैन।

राजपाको बन्द गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेकाले परासी बजारका पसलहरु भने बन्द छन्। समर्थकहरु कतै नदेखिएपछि सडकमा सवारी साधनहरु चलेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.