लगानीमैत्री वातावरण बनाउन प्रमको ध्यानाकर्षण

 लगानीमैत्री वातावरण बनाउन प्रमको ध्यानाकर्षण

काठमाडौं: उद्योगी व्यबसायीहरुले आज प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गरेका छन् । प्रधानमन्त्रीमा देउवा निर्वाचित भएपछि पहिलो पटक भेट गरेका व्यबसायीहरुले नीजि लगानी बृद्धि हुने गरी योजना बनाउन सरकारसंग आग्रह गरेका हुन् ।

नेपाल उद्योग परिसंघका पदाधिकारीसहित व्यबसायीहरुले प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रधानमन्त्रीसंग भेट गर्दै लगानीमैत्री वातावरण बनाउन प्रधानमन्त्रीसंग आग्रह गरेको देउवाका सहयोगी केशव राज जोशीले अन्नपूर्ण पोष्टसंग बताउनुभयो । उहाँले भन्नुभयो, “व्यबसायीहरुले प्रधानमन्त्रीलाई बधाई दिदैं उहाँबाट नीजि क्षेत्रलाई सहयोग पुग्ने गरी लगानीको वातावरण बन्ने अपेक्षा राख्नुभयो।”

प्रधानमन्त्री देउवाले आफु नीजि क्षेत्रसंग सहकार्य गर्दै अगाडी बढ्न चाहेको भन्दै विगतमा पनि आफुले नीजि क्षेत्रलाई विश्वासमा लिने गरेको बताउनुभएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.