राजपाका मेयर उम्मेदवारको मनोनयन दर्ता
बुटवल : रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा राजपाका नेता मनमोहन चौधरीले मेयर पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
आइतबार चार बजेपछि मात्रै उहाँ मनोनयनका लागि निर्वाचन कार्यालय पुग्नुभएको हो । नगरको विकासका लागि आफूले उम्मेदवारी दिएको उहाँको भनाइ छ।
बुटवल उपमहानगरपालिकामा उम्मेदवार मनोनयन सकिएको छ । निर्वाचन अधिकृत भरतमणि पाण्डेका अनुसार नगरमा हुने कुल ९७ पदका लागि ७ सय ३९ जनाको उम्मेदवारी परेको छ ।
मेयरमा १६ जनाको उम्मेदवारी परेको छ भने उपमेयरमा ११ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।