दोस्रो चरणको निर्वाचनमा यस्तो छ रञ्जु दर्शनाको दौड

दोस्रो चरणको निर्वाचनमा यस्तो छ रञ्जु दर्शनाको दौड

काठमाडौं : स्थानीय तहको दोश्रो चरणको चुनावको लागि विवेकशील पार्टीको केन्द्रीय नेतृत्व जिल्ला भ्रमणमा निस्किने भएको छ।

दोश्रो चरणको निर्वाचन कार्यतालिका कार्यन्वयनमा आए संगै विवेकशील नेपाली दलको केन्द्रीय नेतृत्वले निर्वाचन लक्षित जिल्ला भ्रमणको थालनी गरेको छ। केन्द्रिय व्यवस्थापिका प्रमुख गोविन्द नारायण तिमल्सिना र नेतृ रन्जु दर्शनाको नेतृत्वमा २०७४ असार ४ गते झापाबाट जिल्ला भ्रमण प्रारम्भ गरेर २०७४ असार ११ गते कंचनपुर पुगेर जिल्ला भ्रमण टुंगिने दलले जनाएको छ।

जिल्ला भ्रमण उम्मेदवार उठाइएका जिल्ला केन्द्रित हुने बताइएको छ। त्यस लगत्तै दलले अन्य जिल्लामा पनि भ्रमणमा जाने योजना विवेकशील दलले बनाएको छ।

दोश्रो चरणको स्थानीय तहको निर्वाचनको लागि दलले झापा, मोरंग, सुनसरी, रुपन्देही र कन्चनपुरमा उम्मेदवारहरु उठाएको छ। दलले झापाको दमक नगरपालिकाबाट मेयर उम्मेदवारमा २९ वर्षीय सुबास सुबेदीलाई अघि सरेको छ भने दमक नगरपालिकाबाटै वडा ३ मा दधिराम ढकाललाई सदस्यमा उम्मेद्वार बनाएको छ। साथै, मोरङ स्थित केराबारी गाउँपालिका वडा ९ बाट २९ वर्षीय सरस्वति आचार्यलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ।

असार ५ गते झापामा अन्तरक्रिया तथा भेटघाट
असार ६ गते मोरंगमा अन्तरक्रिया तथा भेटघाट
असार ७ गते सुनसरीमा अन्तरक्रिया तथा भेटघाट
असार ८ गते रुपन्देहीमा कार्यक्रम
असार १० गते महेन्द्रनगर शुक्लाफांटमा कार्यक्रम
असार ११ गते धनगढीमा भेटघाट कार्यक्रम


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.