च्याम्पियन्स ट्रफी फाइनल : पाकिस्तानले भारतलाई दियो ३३९ रनको चुनौती

च्याम्पियन्स ट्रफी फाइनल : पाकिस्तानले भारतलाई दियो ३३९ रनको चुनौती

काठमाडौं : आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत फाइनल खेलमा पाकिस्तानले भारतलाई ३३९ रनको चुनौती दिएको छ। यो चुनौती च्याम्पियन्स ट्रफीको यो सिजनकै सर्वाधिक रनको हो ।

पहिले ब्याटिङका लागि आएको पाकिस्तानले पूरा ओभर खेल्दै ३ सय ३८ रन बनाएको हो । पाकिस्तानका लागि फखार जमानले शतक प्रहार गर्दै १ सय १४ रन बनाए भने अहजर अली र मोहम्मद हफिजले अर्धशतक प्रहार गरे । भारतले पाकिस्तानको ४ विकेट हात पारेको छ।

अलि ७१ बलमा ५९ रन बनाएर रन आउट भए । फखार जमानले ९२ बल खेल्दै शतक प्रहार गरे । उनी हार्दिक पाण्डेको बलमा जडेजाबाट क्याच आउट भए ।

उनले १०६ बलम शानदार ११४ रन बनाए । शोहिव मल्लिक सस्तैमा आउट भए । बाबर अजाम ४६ रनमा आउट भए । उनी ४ रनले अर्धशतक बनाउनबाट रोकिए। केदार जादवले उनलाई पेवेलियन फर्काए ।

अर्का ब्याट्सम्यान हफिजले बिष्फोटक व्याटिङ गर्दै नटआउट ५७ रन बनाए । पाकिस्तानले दिएको चुनौतीको जवाफ भारतले केही बेरमा दिँदै छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.