५ रनमै कप्तान विराट आउट, च्याम्पियन्स ट्रफी फाइनलमा भारत दवावमा
काठमाडौंः च्याम्पियन्स ट्रफीको फाइनल खेलमा भारत दवावमा आएको छ। भारतका महत्वपूर्ण ब्याट्सम्यान रोहित शर्मालाई पहिलो ओभरको पहिलो बलमै गुमाएपछि भारत दबाबमा आएको भारत कप्तान विराट कोहली ५ रनमै आउट भएपछि थप दबाबमा परेको छ ।
ओपनिङ ब्याट्सम्यान शर्मालाई शून्य रनमै गुमाएको कोहली पनि सुरुवातमै आउट भएका हुन् । भारतका दुई महत्वपूर्ण ब्याट्सम्यान ३ ओभर पुरा नहुँदै ६ रनमा आउट भएका हुन् । शर्मा र कोहली प्रतियोगितामा उत्कृष्ट लयमा थिए। पाकिस्तानले भारतलाई यो सिजनको च्याम्पियन्स ट्रफीमा सर्वाधिक ३ सय ३९ रनको चुनौती दिएका छ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले पूरा ओभर खेल्दै ३ सय ३८ रन बनाएको छ। पाकिस्तानका लागि फखार जमानले शतक प्रहार गर्दै १ सय १४ रन बनाए भने अहजर अली र मोहम्मद हफिजले अर्धशतक प्रहार गरे । भारतले पाकिस्तानको ४ विकेट लिएको थियो।
अलि ७१ बलमा ५९ रन बनाएर रन आउट भएका थिए भने फखार जमानले ९२ बल खेल्दै शतक प्रहार गरे । उनी हार्दिक पाण्डेको बलमा जडेजाबाट क्याच आउट भए । उनले १०६ बलम शानदार ११४ रन बनाए ।
शोहिव मल्लिक सस्तैमा आउट भए । बाबर अजाम ४६ रनमा आउट भए । उनी ४ रनले अर्धशतक बनाउनबाट रोकिए। केदार जादवले उनलाई पेवेलियन फर्काए । अर्का ब्याट्सम्यान हफिजले बिष्फोटक व्याटिङ गर्दै नटआउट ५७ रन बनाएका थिए।