च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतको लज्जास्पद हार : पाकिस्तान १८० रनले विजयी

च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतको लज्जास्पद हार : पाकिस्तान १८० रनले विजयी

एजेन्सी : आठौं आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको उपाधि पाकिस्तानले जितेको छ। पाकिस्तानले आइतबार राति खेलिएको फाइनलमा चिर प्रतिद्वन्द्वी भारतलाई एक सय ८० रनको फराकिलो अन्तरले हराउँदै उपाधि चुमेको हो। पाकिस्तानले पहिलोपटक च्याम्पियन्स ट्रफीको उपाधि हात पारेको हो। भारत भने च्याम्पियन्स ट्रफीको साविक विजेता हो।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ओभरमा चार विकेट गुमाएर तीन सय ३८ रनको सम्मानजनक स्कोर बनाएको थियो। च्याम्पियन्स ट्रफीको आठौं संस्करणमा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक कूल स्कोर हो। यसअघि भारतविरुद्घकै खेलमा श्रीलंकाले तीन विकेट गुमाएर तीन सय २२ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको भारतले भने ३०.३ ओभरमै अलआउट हुनुअघि एक सय ५८ रनमात्र बनाउन सक्यो।

पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि फाखर जामनले एक सय १४ रनको योगदान गरे। प्रारम्भदेखि नै आक्रमक रुपमा प्रस्तुत भएका जामनले एक सय ६ बलको सामना गरी तीन छक्का र १२ चौका प्रहार गरे। उनले ओपनिङ विकेटका लागि अजहर अलीसँग एक सय २८ रनको साझेदारी गरे। अजहर अलीले पनि ७१ बलमा एक छक्का र ६ चौकाको मद्दतले ५९ रन बनाए।

मोहम्मद हाफिजले पनि अविजित ५७ रन बनाए। उनले केवल ३७ बलमा तीन छक्का र चार चौका हिर्काए। बाबर आजमले पनि ५२ बलको सामना गरी चार चौकाको मद्दतले टोलीको खातामा ४६ रन थपे। सोएब मलिक १२ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्किए भने इमाद वसिमले अविजित २५ रन बटुले। पाकिस्तानले अतिरिक्त रुपमा पनि २५ रन पायो।

जवाफी ब्याटिङमा ओर्लिएको भारतलाई सस्तोमा समेट्न पाकिस्तानी बलर मोहम्मद आमिर र हसन अलीले तीनतीन विकेट लिए। यसैगरी सदाब खानले दुई र जुनैद खानले एक विकेट लिए। भारतका लागि हार्दिक पाण्डेयले सर्वाधिक ७६ रन बनाए। अन्य भारतीय ब्याट्सम्यान भने पाकिस्तानी बलरसामु निरिह देखिए। ओपनर रोहित शर्मा शून्य रनमै पेभेलियन फर्किए भने शिखर धवन पनि २१ रनभन्दा अगाडि बढ्न सकेनन्। कप्तान विराट कोहली पाँच रनमै आउट भए भने युवराज सिंह पनि २२ रनमै पेभेलियन फर्किए। महेन्द्रसिंह धोनी पनि चार रनभन्दा अगाडि बढ्न सकेनन्।

समूह ‘बी’ बाट भारत विजेता र पाकिस्तान उपविजेताका रुपमा प्रतियोगिताको सेमिफाइनलमा पुगेका थिए। समूहगत चरणको खेलमा भने पाकिस्तानी टोली भारतसँग पराजित भएको थियो। सेमिफाइनलमा पाकिस्तानले आयोजक इङ्ल्यान्डलाई र भारतले बंगलादेशलाई हराएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.