द्वन्द्वमा परेका बालबालिकाबारे पुस्तक

द्वन्द्वमा परेका बालबालिकाबारे पुस्तक

श्रीप्रसाद देवकोटाको ‘द्वन्द्वमा परेका बालबालिकाको जीवन र शिक्षा’ नामक शोधपुस्तक शनिबार सार्वजनिक भएको छ। एड्रोइट पब्लिसर, नयाँ दिल्लीले पुस्तकको प्रकाशन गरेको हो। देवकोटाद्वारा लिखित उक्त शोधमा दशवर्षे 'जनयुद्ध' र 'जनयुद्ध'ले स्कुले बालबालिकाको शैक्षिक जीवनमा पारेको असरबारे स्थलगत अनुसन्धान गरी त्यसको समधानका लागि आवश्यक सुझाब समेत दिने काम गरिएको छ।

लेखकले यस पुस्तकमा विशेषतः द्वन्द्व र बालबालिकासम्बन्धी जे जति सन्धिहरु भए पनि दशवर्षे जनयुद्धमा राज्य र बिद्रोही शक्ति तत्कालिन नेकपा (माओवादी)बाट मानव अधिकारसम्बन्धी अन्तर्राट्रिष्य सन्धिहरुको चरम उलंघन गरेको पाइएको उल्लेख गर्दै त्यसका कारण हजारौँ बालबालिकाको शिक्षामा गम्भीर असर परेको उल्लेख गरेका छन्।

यस शोध पुस्तकमा देवकोटाले सन् १९९६ देखि २००६ सम्म १८ वर्ष नपुगेका स्कुले बालबालिकाहरुको 'जनयुद्ध'ले उक्त समयमा पारेको शैक्षिक असर र शान्ति प्रक्रिया पश्चात् उनीहरुको जीवनशैलीबारे अनुसन्धान गरेका छन्। पुस्तकमा गरिबी, राजनीतिक उत्प्रेरणा, अभिभावकको पेशा तथा राज्य र बिद्रोही शक्तिको यातना नै स्कुले बालबालिकाको शैक्षिक जीवनको मुख्य अबरोधका कारण भएको उल्लेख गरिएको छ। विविध कारणले केही बालबालिकाहरु प्रत्यक्षरुपमा लडाकुको रुपमा जनयुद्धमा सहभागी भएको त कोही जनयुद्दमा अभिभाबकको मृत्युकै कारण शिक्षाबाट बञ्चित रहेको बताउँदै शान्ति प्रक्रियापश्चात् राज्य र अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरुमार्फत सामाजिक पुर्नस्थापनाका लागि केही कार्यक्रमहरु संचालन गरिएको भए पनि ती पर्याप्त नभएको र ती प्रयासले पीडित बलबालिकालाई सामाजिक समायोजनमा कुनै राहत प्रदान नगरेको लेखकको निष्कर्ष छ। लेखकका अनुसार जनयुद्धकालीन समयमा शैक्षिक अवसरबाट बन्चित बालबालिकाहरु शान्ति प्रक्रियापश्चात् थप समाजिक बिभेद, गरिवी र घृणाका पात्रहरु बनेका छन्। सामाजिक समायोजनका क्रममा उनीहरु कतै अयोग्य लडाकु त कतै सामाजिक अपराधीको रुपमा बहिष्कृत छन्। लेखकले पीडित बालबालिकाको आवश्यकता भन्दा पनि द्वन्द्वरत देशहरुले सामजिकीकरणमा प्रयोग गरिएको अन्तर्राष्ट्रिय अनुभवलाई जबरजस्त प्रयोग गर्न खोजेका कारण सही रुपमा समायोजन हुन नसकेको उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.