धसिंगरेको तेल स्थानीयको आम्दानी स्रोत

धसिंगरेको तेल स्थानीयको आम्दानी स्रोत

काठमाडौं : वषौंदेखि जंगलमा कुहिएर खेर गइरहेको वनस्पति धसिंगरेको पातबाट तेल उत्पादन गरी ललितपुर गोटीखेलको खोर भज्याङ सामुदायिक वनका उपभोक्ताले आम्दानी गर्न थालेका छन् ।

प्रतिलिटर तीन हजार रुपैयाँमा बिक्री हुने यो तेल उत्पादन गरी सामुदायिक वनका उपभोक्ताले वार्षिक नौ लाख रुपैयाँसम्म आम्दानी गर्न थालेका हुन् । सामुदायिक वन उपभोक्ता समूहले पाँच वर्षअघि दुई वटा उद्योग स्थापना गरी वार्षिक तीन सय लिटरसम्म तेल उत्पादन गरी बिक्री गर्दै आएको छ । तेलको मागअनुसार आपूर्ति गर्न नसकेको उद्योग सञ्चालक बताउँछन् । उद्योगले स्थानीय सामुदायिक वनका १० जना उपभोक्तालाई रोजगारसमेत दिएको छ ।

गोटीखेलकै कर्याथली सामुदायिक वनले गत वर्षदेखि तेल उद्योग स्थापना गरी तेल उत्पादन सुरु गरेको छ । वनमा काम नलाग्ने गरी खेर गएको धसिंघरेलाई प्रसोधन गरी गत उद्योगले गत बर्ष ८५ लिटर तेल उत्पादन गरेको वनका अध्यक्ष प्रेम घिमिरेले जानकारी दिनुभयो । यस वर्ष एक सय ५० लिटर तेल उत्पादन गर्ने तयारी गरेको उहाँले बताउनुभयो ।

हिमालय हाइटेक कम्पनी प्रालि काठमाडौंले माग गरेअनुसार तेल पु¥याउन नसकेकाले उत्पादन बढाउन उद्योग लागि परेको जनायोे । काम नलाग्ने वनस्पतिमा पर्ने धसिंगरे प्रशोधन गरी दोलखा, सिन्धुपाल्चोक, खोटाङ, नुवाकोट र रसुवामा समेत तेल उत्पादन गर्दै आएको छ । कच्चा पदार्थको मात्रा र अन्य अवस्थाको मूल्यांकन भइरहेकाले उद्योग विस्तार गर्ने तयारीमा रहेको गोटिखेल इलाका वन कार्यालय ललितपुरका सहायक वन अधिकृत चूडामणि खतिवडाले बताउनुभयो । वनका उपभोक्तालाई आयमूलक क्षेत्रमा लगाउने र वनको आम्दानी बढाउने लक्ष्यसहित कार्यक्रम अघि बढाएको उहाँले बताउनुभयो ।

वनस्पति विभाग अन्तर्गतको प्राकृतिक सम्पदा अनुसन्धानशालाले यो तेलको सफल परीक्षण गरी बजारमा पठाइसकेको छ । अनुसन्धानशालाका सहायक अनुसन्धान अधिकृत रमेशकुमार यादवका अनुसार अघिल्लो वर्ष हलेदोको पात, पचौलीको पातबाट तेल निकालेको र त्यसअघि नै धसिंगरेबाट तेल निकाल्न सफल भएको बताउनुभयो । विभागका अनुसार नेपालमा प्रमाणित भई उत्पादित ४२ प्रकारका सुगन्धित तेल विदेश निर्यात हुँदै आएको छ । नौ सय ५० वटा नमूना परीक्षण भएको छ भने ६ सय ३४ नयाँ परीक्षण भइरहेको छ ।

उत्पादित सुगन्धित तेल जर्मनी, चीन, जापान, बेलायत, ताइवान, फ्रान्स, भारत, इटली, अमेरिका र क्यानडालगायत देशमा निर्यात हुने गरेको छ । तेल विशेष गरी औषधिमा प्रयोग हुने विभागले जनायो । विभागले मेन्था, टिमुर, तेल, सिट्रोनेला, जटामसी, सुगन्ध कोकिला, सुगन्धवाल र तुलसीको तेल विदेशी स्तरको ल्याब विस्तार गरी उत्पादन गर्दै आएको छ । खेर गइरहेका जंगली वनस्पति प्रयोग गरी आम्दानीको स्रोत बनाएसँगै वन संरक्षण र उपभोक्ताको आयस्तर बढ्दै गएको विभागको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.