एनालगका च्यानल घट्दै

एनालगका च्यानल घट्दै

काठमाडौं : सरकारले गत वैशाख १५ गतेदेखि एनालग प्रविधिका सबै च्यानल डिजिटलमा जानुपर्ने व्यवस्था गरेपछि केबल टेलिभिजनले एनालगबाट दिइने च्यानल घटाउन थालेका छन् । एनालग प्रविधिका केबल नेटवर्कले डिजिटल सिग्नल वितरण गर्नुपर्ने भएपछि एनालगको सेवा र सुविधा कम गर्दै डिजिटलाइजेनको प्रयोग बढाउन थालिएको हो । नेपाल केबुल व्यवसायी महासंघका अध्यक्ष सुधीर पराजुलीले एनालग च्यानल घटाउँदै डिजिटल बढाउने रणनीति अवलम्बन गरिएको जानकारी दिनुभयो ।

सरकारले काठमाडौं, ललितपुर, पोखरा, विराटनगर र वीरगन्ज महानगरपालिका क्षेत्रमा सञ्चालित एनालग प्रविधिलाई अनिवार्य डिजिटलमा जानुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था कार्यान्वय गर्न सरकारले यसअघि नै एनालग च्यानल सञ्चालनको नयाँ इजाजत बन्द गरेको छ । सरकारले गरेको प्रयासलाई साथ दिन केबल व्यवसायीले पनि एनालगको सुविधा कटौती गर्दै जान थालेका छन् । सरकारले डिजिटल सिग्नल मात्रै पठाउन भने पनि एकैपटक पुरानो प्रविधि बन्द गर्न नसकिने भएकाले सेवा सुविधा घटाउँदै गएर एनालग बन्द गरिने पराजुलीको भनाइ छ । उहाँका अनुसार सरकारले एकै पटक सबै एनालग सिग्नल बन्द गर्नु भनेको छैन । भएकै टीभीमा एउटा बक्स राखे हरेक टीभी जिडिटल हुन्छ ।

अहिले डिजिटल टीभीमा दुई सयभन्दा बढी च्यानल आउँछ भने एनालगमा ६५ वटा मात्रै आउने पनि सुविसु केबलनेटका प्रबन्ध निर्देशकसमेत रहनुभएका पराजुलीले भन्नुभयो । उहाँका अनुसार एनालगलाई ६५ बाट ५० वटा, ३५ वटा, २० वटा १० वटा र पाँचवटा हुँदै पूर्ण बन्द गरिनेछ । सरकारले तत्कालै पूर्णरूपमा एनालग बन्द गराएको अवस्थामा डिजिटल सेवा दिन केबल अपरेट तयारी अवस्थामा रहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार काठमाडौं महानगरमा मात्रै डिजिटलमा जाँदा दुई लाख सेटअप बक्स आवश्यक पर्छ । काठमाडौंमा मात्रै साढे ६ लाख घरधुरीमा आएको यो माग आधा पनि होइन । अहिले नै झ्याप्पै सबै एनालग बन्द गर्दा व्यवसायी र उपभोक्ता दुवैलाई मारपर्ने भएकाले पनि डिजिटलको प्रयोग बढाउँदै गएर मात्रै एनालग बन्द गर्न सकिने उहाँको भनाइ छ ।

सरकारले काठमाडौं, ललितपुर, पोखरा, विराटनगर र वीरगन्ज महानगरपालिका क्षेत्रमा सञ्चालित एनालग प्रविधिलाई अनिवार्य डिजिटलमा जानुपर्ने व्यवस्था गरेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयका प्रवत्ता रामचन्द्र ढकालले अब कुनै पनि एनालग सिग्नललाई इजाजत नदिने जानकारी दिनुभयो । उहाँका अनुसार साढे दुई वर्ष अगाडि नै सरकारले एनालगको लाइसेन्स बन्द गरिसकेको छ । अब कुनै पनि केबल टीभीले डिजिटल सिग्नल मात्रै दिनुपर्छ । पाँचवटै नगरमा अब कुनै पनि एनालग टीभीले एनालगमै जान्छु भन्न पाँउदैन, वैशाख १५ देखि नै डिजिटल भैसक्नुपर्ने व्यवस्था भएको छ । यदि अब कुनै केबुल टीभीले डिजिटल सिग्नल दिएका छैनन् भने अब त्यसले कुनै कम्पनीको सहायक एजेन्ट भएर काम गर्नुपर्छ । ढकालका अनुसार सरकारले लाइसेन्स अपग्रेडको समय तोकेर यसअघि नै तयारी समय दिएकाले अब कार्यान्वयन मात्रै बाँकी छ ।

सरकारले ढकालकै संयोजकत्वमा समन्वय समिति पनि गठन गरेको छ । समितिले आन्तरिक रूपमा काम गर्ने, सहजीकरण गर्ने र सरकारी निर्णय कार्यान्वय गर्दै जाने ढकालले बताउनुभयो । सरकारले पहिलो चरणमा महानगरमा एनालग प्रविधिमा इजाजत प्राप्त केबल नेटवर्कलाई डिजिटल प्रणालीमा रूपान्तरण अनिवार्य गराएको छ । यी क्षेत्रमा एनालग प्रणालीको हेडइन्ड भएका एनालग केबललाई सिग्‍नल वितरण नगर्न समेत सिग्‍नल वितरकलाई सञ्चार मन्त्रालयले अनुरोध गरिसकेको छ ।

‘अहिले डिजिटलमा जाने व्यवस्था मात्रै गरेको छौं, एनालगको स्वीच अफ नै भने गरेका होइन', उहाँले भन्नुभयो, ‘केही समयपछि हामी पूर्ण डिजिटलमा जान एनालग स्वीचअफ पूर्ण बन्द गर्छौ ।' त्यो बेला सेटअप बक्स नजोडेका वा डिजिटल टीभीको सेवा नलिएका ग्राहकको घरको टीभी बन्द हुनेछ ।ढकालले दिनुभएको जानकारीअनुसार अब केबल टीभीको नवीकरण गर्दा, विदेशी मुद्रा विनिमय सुविधा दिँदा वा कुनै पनि बेला हुनसक्ने अनुगमनबाट एनालग सिग्नल बन्द हुन्छ । यसका लागि समयमा नै आफ्ना ग्राहकलाई डिजिटलमा रूपान्तरण गरिसक्नुपर्छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.