नेता राजेन्द्र महतोलाई पितृशोक
मलंगवा : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका एक सदस्य राजेन्द्र महतोलाई सोमवार पृति शोक परेको छ । एक सय वर्षीय बुबा खोभारी महतोको सोमबार बिहान निधन भएको महतो भतिज उपेन्द्र महतोले बताउनु भयो ।
ईश्वपुर नगरपालिको बैलवासस्थित राजेन्द्र महतोको ठूलो दाई महेन्द्र महतोको घरमा उहाँको निधन भएको उपन्द्रले बताउनुभयो । पुर्खौलीघर बबरगंज रहेपनि महतोको बुबा दाईको घरमा बस्दै आउनु भएको थियो । महतो आन्दोलनको क्रममा भैरहवामा रहेकोले दिउँसो १ बजे आइपुग्ने भएकाले दिउँसो १ बजेपछि बागमती कर्मैया घाटमा दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।