संवैधानिक परिषद पराजुलीलाई प्रधानन्यायाधीश सिफारिस गर्न असफल

संवैधानिक परिषद पराजुलीलाई प्रधानन्यायाधीश सिफारिस गर्न असफल

काठमाडौं: कायममुकायम प्रधानन्याायाधीश गोपाल पराजुलीको नाममा प्रमुख प्रतिक्षी दल नेकपा एमालेले असमहमति जनाएपछि संवैधानिक परिषद्को बैठक बिना निष्कर्श टुंगिएको छ ।

सोमबार विहान सिंहदरवारमा बसेको संवैधानिक परिषद्को बैठकमा एमालेका अध्यक्ष एवम प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पराजुलीको नाममा असहमति जनाउनुभएको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले पराजुलीलाई प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । 

उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले भने परिषद्को बैठकमा प्रधानन्यायाधीश सिफारिसबारे छलफल नै नभएको बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्री देउवाले परिषद्को बैठक १० बजे बोलाएपनि प्रतिपक्षी दलका नेता ओली डेढ घण्टा ढिलो पुगेपछि अर्काे पटक बस्ने गरी बैठक स्थगित भएको थियो ।

उहाँले भन्नुभयो,  “प्रधानमन्त्रीले बेलायति राजदूत, सार्क महासचिवलगायतलाई भेटका लागि समय दिईसक्नुभएको थियो । परिषद्को बैठक ढिलो गरी सुरु भएकाले कुनै छलफल नै नगरी स्थगित भयो ।” उहाँले अर्काे बैठकमा प्रधानन्यायाधीशको टुंगो लाग्ने बताउनुभयो । 

एमालेले कायममुकायम प्रधानन्यायाधीश पराजुलीको नाममा असहमति जनाउँदै आएको छ । बैठकमा ओलीले पराजुलीको बिषयमा थप अध्ययन अनुसन्धान गर्नु पर्ने भन्दै सिफारिस गर्न अस्वीकार गर्नु भएको हो । ‘हामीलाई थाहा पनि छैन,केहि सूचना पनि छैन’बैठकमा ओलीले भन्नु भएको थियो। ओलीले असहमति जनाउनु भएपछि अर्को बैठक असार १५ गते बस्ने गरी बैठक टुंगिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.