उम्मेदवारी दर्ता गराएको १२ घन्टा नहुँदै उम्मेद्वारको मृत्यु
बैतडी : बैतडीमा स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी दर्ता गराएका एक जनाको मृत्यु भएको छ।
जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ७ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका ७० बर्षीय गोविन्द कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।
७० बर्षीय गोविन्दले निर्वाचन अधिकृतको कार्यालय डिलाशैनीमा आइतबार दिउँसो ३ बजेर २० मिनेटमा उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृत मोतीलाल शर्माले जानकारी दिनुभयो।
दिउँसो उम्मेद्वारी दर्ता गरेका कार्कीको आइतबार राति हृदयघात भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।