सरकारसँगको सहमतिमै राजपाले स्वतन्त्र उम्मेद्वारी दिएको गृहमन्त्रीको खुलासा

सरकारसँगको सहमतिमै राजपाले स्वतन्त्र उम्मेद्वारी दिएको गृहमन्त्रीको खुलासा

बुटवल : गृहमन्त्री जनाद्र्धन शर्माले राष्ट्रिय जनता पार्टीले स्वतन्त्र रुपमा उम्मेदवारी मनोनयन दर्ता गर्ने सहमति भएको खुलासा गर्नु भएको छ । प्रदेश नम्बर दुईको निर्वाचन सारिएपछि राजपाले अन्य प्रदेशमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवासंगको सहमतिकै आधारमा राजपाले निर्वाचनमा मनोनयन दर्ता गराएको उहाँले स्पष्ट पार्नु भयो ।
पत्रकारहरुसंग कुराकानी गर्नुहुदै गृहमन्त्री शर्माले दोस्रो चरणको निर्वाचनमा जनताले ढुक्कसंग मताधिकार प्रयोग गर्न पाउने बताउनुभयो । मनोनयनका क्रममा कपिलवस्तुमा भएको घटनालाई सुक्ष्म रुपमा अनुसन्धान गरिएको भन्दै उहाले आगामी दिनमा त्यस्ता घटना हुन नदिन सुरक्षा निकाय तयार रहेको बताउनुभयो ।
स्थानीय तहको निर्वाचनको विषयमा बुटवलमा सोमबार भएको सुरक्षा गोष्ठीपछि मन्त्री शर्माले त्यस्तो बताउनु भएको हो । गृहमन्त्री शर्माको उपस्थितिमा भएको सुरक्षा बैठकमा रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाची, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी र शसस्त्र प्रहरी प्रमुखको सहभागिता रहेको थियो ।
बैठकमा गृह सचिव लोक दर्शन रेग्मी, निर्वाचन आयुक्त सुधिरकुमार शाह, पश्चिमाञ्चल क्षेत्रीय प्रशासक बेगेन्द्र शर्मा पौडेल, नेपाली सेनाका रथी बलदेवराज महत, मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.