ललितकला पुरस्कार प्रदान 

ललितकला पुरस्कार प्रदान 

काठमाडौं : सातौं राष्ट्रिय ललितकला प्रदर्शनीका अवसरमा कलाकार दुर्गा बरालले चित्रकला विधाबाट अरनिको राष्ट्रिय प्रज्ञा सम्मान पाएका छन् । सोमबार राजधानीमा आयोजित प्रदर्शनी उद्घाटन कार्यक्रममा उनलाई सम्मान प्रदान गरिएको हो । त्यस्तै मूर्तिकला विधातर्फ अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान रवीन्द्र ज्यापूले हात परेका छन् ।

ललितकला प्रज्ञाप्रतिष्ठानले हरेक वर्ष आयोजना गर्दै आएको कार्यक्रममा यस वर्ष आधुनिक चित्रकला विधामा कृष्ण लामा, परम्परागत चित्रकला विधामा समुद्रमान श्रेष्ठ, आधुनिक मूर्तिकला विधामा सुनिता राणा, परम्परागत मूर्तिकला विधामा दिलन महर्जन, हस्तकलामा दिल्लीराज शाक्य, लोककलामा कमला सुतिहार र अन्य सिर्जनात्मक कलामा रवीन्द्र मानन्धरले राष्ट्रिय ललितकला पुरस्कार हात पारेका हुन् ।

कार्यक्रममा विभिन्न विधामा विशेष पुरस्कार र प्रादेशिक विशेष पुरस्कारसमेत प्रदान गरियो । राष्ट्रिय ललितकला लेखन पुरस्कार डा. यमप्रसाद शर्मा र राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार डब्बु क्षेत्रीले पाए । बबरमहलस्थित आर्ट काउन्सिलमा सुरु भएको प्रदर्शनीमा देशभरबाट छानिएका कला समावेश गरिएको छ । प्रदर्शनी १५ दिनसम्म रहनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.