अस्थायी शिक्षकद्वारा प्रधानमन्त्री निवासअघि धर्ना

अस्थायी शिक्षकद्वारा प्रधानमन्त्री निवासअघि धर्ना

काठमाडौँ: अस्थायी शिक्षक सङ्घर्ष समितिले देशभर हालसम्म अस्थायी शिक्षकका रुपमा कार्यरत सबैलाई सामान्य प्रक्रिया पुर्याई स्थायी गर्न माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि सडकमा धर्ना दिएको छ ।

समितिले विभेदकारी भनिएको विज्ञापन खारेज गर्नुपर्ने, विगतका विज्ञापनबाट विस्थापित शिक्षकलाई स्थापित गर्नुपर्ने, सेवा अवधि गणना गर्नुपर्नेलगायत माग गरेको छ । देशभरबाट अस्थायी शिक्षकको प्रतिनिधित्व हुने गरी आएका प्रतिनिधि अहिले काठमाडाँमा छन् । बिहान ९ देखि ११ बजेसम्म गरिएको धर्नामा करिब पाँच सयको सहभागिता थियो ।

समितिका संयोजक वृन्दाकुमारदास चौधरीले लामो समय अस्थायीमा कार्यरत शिक्षकको ऊर्जाशील समय शिक्षण पेसामा खर्च भई अब अन्य विकल्प नरहेकाले स्थायी गर्न सरकारलाई आग्रह गर्नुभयो । समितिका महासचिव कुमोदलाल कर्णले देशभर हाल २६ हजार १६३ शिक्षक अस्थायी रहेको जानकारी दिनुभयो । सोही माग पूरा गराउन भद्रकालीमा पनि पाँच शिक्षक यही असार २ गतेदेखि आमरण अनशन बस्नुभएको छ ।

अनशनकारीको स्वास्थ्य गम्भीर
अस्थायी शिक्षक सङ्घर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी विभेदकारी भनिएको शिक्षक विज्ञापन तत्काल खारेज नगरे आन्दोलन थप चर्काउने चेतावनी दिएको थियो । पत्रकार सम्मेलनमा अस्थायी शिक्षक केन्द्रीय आन्दोलन परिचालन समितिका संयोजक चौधरीले अनशनमा रहेका शिक्षकको स्वास्थ्य अवस्था गम्भीर भएकाले शिक्षकको मागमा सरकारको ध्यानाकर्षण गर्नुपर्ने बताउनुभयो ।

अस्थायी शिक्षक सङ्घर्ष समितिका अध्यक्ष हेम चौलागाईंले अस्थायी शिक्षकका नाममा सरकारले अयोग्यजस्तो शब्द प्रयोग गरेर अस्थायी शिक्षकको आत्मसम्मानमाथि प्रहार गरेको आरोप लगाउनुभयो । अनशनमा रहेका शिक्षकमा किसुन यादव, जितबहादुर गुरुङ, कलावती जोशी, सुलेखादेवी कायस्थ र कलु केसी हुनुहुन्छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.