शिक्षा कार्यालयका सव-इञ्जिनियर यादव अख्तियारको नियन्त्रणमा

शिक्षा कार्यालयका सव-इञ्जिनियर यादव अख्तियारको नियन्त्रणमा

फिदिम: घुस लिंदै गर्दा जिल्ला शिक्षा कार्यालय पाँचथरका सव इञ्जिनियर मनोज कुमार यादलाई मंगलबार शिक्षा कार्यालयबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । एक विद्यालयका प्रधानाध्यापकबाट एक लाख २५ हजार रुपैंया घुस लिँदै गर्दा इटहरीबाट खटेको अख्तियारको टोलीले यादवलाई पक्राउ गरेको हो ।

२०७० सालमा पाँचथरको एक विद्यालयमा चार कोठे पक्की भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयबाट २४ लाख बजेट छुट्याईएको थियो । ३० प्रतिशत रकम समुदायबाट उठाएर भनव निर्माण गर्नुपर्ने भएपनि उक्त रकम समुदायबाट नउठेपछि निर्धारीत समयमा भवन निर्माणको काम सम्पन्न हुन सकेको थिएन ।

समयमै भवन सम्पन्न नभएपछि जिल्ला शिक्षा कार्यालयले एक लाख ६० हजार रुपैँया रोक्का गरेको थियो । रोक्का भएको रकम निकास गर्न र भवनको प्राविधिक रिर्पोट तयार पारिदिने भन्दै यादवले विद्यालयका प्रअबाट एक लाख २५ हजार रुपैँया घुस मागेका थिए । प्रअबाट घुस लिदै गर्दा अख्तियारको टोलीले यादवलाई पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.