इराकमा एक फ्रान्सेली पत्रकार मारिए, दुई घाइते

इराकमा एक फ्रान्सेली पत्रकार मारिए, दुई घाइते

पेरिसः इराकको युद्धग्रस्त सहर मोसुलमा बारुदी सुरुङ्ग विस्फोटमा परी एक फ्रान्सेली पत्रकार मारिएका फ्रान्सेली टेलिभिजन च्यानलले जानकारी दिएको छ ।इराकको दोस्रो ठूलो सहर मोसुलमा सोमाबार भएको यस विस्फोटमा परी स्टेफन भिल्लेनुउभे मारिनुको साथै अन्य दुई पत्रकार घाइते भएका छन् ।

फ्रेन्च टेलिभिजन च्यानल र ‘ग्लोबल जर्नालिस्ट राइट्स् बाचडग, रिपोर्टस् विदाउट बोर्डरस् का अनुसार स्टेफन मारिनुका साथै अरु दुई फ्रान्सेली पत्रकार घाइते भएका थिए ।

यसअघि सोही स्थानमा कुर्दिस समाचारदाता बखियार अदाद पनि मारिएका थिए । उपचारको क्रमका स्टेफनको मृत्यु भएको थियो ।व्यवस्थापन र फ्रेन्च टेलिभिजनका सम्पूर्ण कर्मचारीको तर्फबाट स्टेफानका श्रीमती सोफिए र् उनका चार छोराछोरीलाई समवेदना प्रकट गरेको छ ।

सो टेलिभिजनाको समाचार विभागका प्रमुखद्धारा प्रकाशित विज्ञप्तिमा उनीहरु सवैको तर्फबाट परिवारजनलाई हार्दिक समवेदना प्रकट गरेको छ ।फ्रेन्च टेलिभिजनको भिडियो पत्रकार स्टेफनले विश्वभरी जारी द्वन्द्वलाई छायाङ्कन गर्दै आएका थिए । मोसुलमा जारी द्वन्द्वको विषयमा फ्रन्ेच टेलिभिजनको लागि उनीसँग भेरोनिकि रोबर्टले पनि सँगसँगै काम गर्दै आएका छन् ।

सो बम विस्फोटमा परी यी दुबै घाइते भएका र अमेरिकी सैनिक शिवीरको अस्पतालमा उनीहरुलाई सँगै उपचारको लागि लगिएको थियो ।त्यसैगरी फ्रेन्च सञ्चार संगठनहरु र फ्रेन्च दैनिक ‘ला फिगारो’मा कार्यरत समाचारदाता सामुएल फोरे सो बारुदी सु्रुङ्ग आक्रमणमा परी सामान्य घाइते भएका छन् ।

उनले आफ्नो ट्वीटर एकाउन्टमार्फत आफ्ना सहकर्मी बखियारलाई लिएर आफू चिन्तित भएको र दुई दिनदेखि उनीसँग सम्पर्क नभएको बताएका थिए । रासस्ए/एफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.