निर्वाचन सुरक्षामा २० हजार सशस्त्र प्रहरी परिचालन

निर्वाचन सुरक्षामा २० हजार सशस्त्र प्रहरी परिचालन

काठमाडौं : स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सुरक्षा व्यवस्थाका लागि २० हजार भन्दा बढी सशस्त्र प्रहरी खटाइएको छ । सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार निर्वाचन सुरक्षामा २० हजार ६ सय १५ जना परिचालन गरिएको छ । निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई अनुशिक्षण कार्यका साथै समन्वय, अनुगमन तथा निरीक्षण निर्देशनका लागि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रकाश ओझा, शैलेन्द्र खनाल, पुष्पराम के.सी. र रामशरण पौडेल विभिन्न प्रदेशहरुमा खटिनुभएको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरुले ती ठाँउहरुमा स्थलगत अनुगमन गर्नुका साथै कुनै त्रुटि देखिएमा तत्काल सुधारका लागि फिल्डमै निर्देशन समेत दिनुहुने सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले बताउनुभयो । उहाँका अनुसार निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि खटिएका मध्ये १ नम्बर प्रदेशको १४ जिल्लामा ७ हजार ६ सय ६२ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ भने ५ नम्बर प्रदेशको १२ जिल्लामा ७ हजार ७ सय ९१ जना तथा ७ नम्बर प्रदेशको ९ जिल्लामा ३ हजार ७ सय ८८ जना खटिएका छन् ।

यसैगरी मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको सुरक्षाका लागि ३ सय ३४ वटै स्थानीय निकायमा एपीएफ टोली खटिइसकेको छ भने फिल्डमा खटिने एपीएफ टोलीको अतिरिक्त मोवाइल, स्ट्राइकिङ्ग र रजिर्भ टोलीमा विभाजन गरी सशस्त्र प्रहरी कर्मचारीहरु सम्बन्धित ठाँउमा खटिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.