उत्तर कोरियाको कब्जामा परेका अमेरिकी युवकको मृत्यु
एजेन्सी : उत्तर कोरियाकोले नियन्त्रणमा लिएर केही दिन अघिमात्रै छाडिएका अमेरिकी युवकको मृत्यु भएको छ । अटो वर्मवेयर नाम गरेका २२ वर्षीय ती युवकलाई जासुसी गरेको आरोपमा उत्तर कोरियाले नियन्त्रणमा लिएको थियो ।
युवकका परवारले दिएको जानकनरी अनुसार राती २:२० बजे उनको मृत्यु भएको हो । उनका परिवारले उत्तर कोरियाको गलत व्यवहारका कारण आफ्नो मान्छेले ज्यान गुमाउनु परेकाले यसलाई उत्तर कोरियाले गरेका हत्या भनेका छन् ।
भर्जिनिया युनिभर्सिटीका यी छात्रलाई उत्तर कोरियाले १५ बर्षको जेल सजाँय तोकेको थियो । १७ महिनासम्म जेलमा राखिएका उनी गम्भीर विरामी परेका थिए । उपचार गराउँदा पनि निको नभएपछि कोमामा रहेको अवस्थामा केही दिनअघि मात्रै उत्तर कोरियाले परिवारको जिम्मा लगाएको थियो ।
उत्तर कोरियाबाट ल्याउँदा नै मस्तिष्क खराब भइसकेको र बचाउने प्रयास सफल नभएको उनको उपचारमा संलग्न डाक्टरले बताएका छन् । उनीमाथि उत्तर कोरियामा रहेर दक्षिण कोरिया र अमेरिकाकी सत्ताका लागि जासुसी गरेको अभियोग लगाइएको थियो ।