राजाले अवसर गुमाउँदा राजतन्त्र समाप्त भयो : प्रचण्ड

राजाले अवसर गुमाउँदा राजतन्त्र समाप्त भयो : प्रचण्ड

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पूर्वराजा ज्ञानेन्द्र शाहले अवसर गुमाउँदा सिंगो राजतन्त्र नै गुमाउनुपरेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरद्वारा लिखित पुस्तक 'अंश' विमोचन गर्न आयोजित कार्यक्रममा अध्यक्ष दाहालले पूर्वराजाकै कारण राजतन्त्र समाप्त भएको टिप्पणि गर्नुभएको हो ।

उहाँले जनयुद्धकालमा आफुहरुले राजासंगै वार्ता गर्न खोजे पनि तत्कालीन राजा ज्ञानेन्द्रले बेवास्ता गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो नीति तत्कालीन सरकार भन्दा पनि राजासंग नै प्रत्यक्ष वार्ता गर्ने थियो । हामीले राजा विरेन्द्रसंग पनि कुरा गरेका थियौं तर यो क्रम ज्ञानेन्द्रको पालामा भंग भयो।”

पूर्व प्रधानमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष दाहालले जनयुद्ध हुनुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आयामहरुको भूमिका पनि उत्तिकै रहेको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.