अमेरिकी सैन्य शिवीर नजिकै आठ अफगान सुरक्षा गार्डको हत्या

अमेरिकी सैन्य शिवीर नजिकै आठ अफगान सुरक्षा गार्डको हत्या

काबुल: अफगानिस्तानको पूर्वी प्रान्त पार्वानमा अवस्थित प्रमुख अमेरिकी सैन्य शिवीरनजिकै एम्बुसमा पारेर आठ स्थानीय अफगान सुरक्षा गार्डको हत्या गरिएको समाचार छ । एक स्थानीय अधिकारीले सोमबार रातिको समय पारेर उनीहरु चढेको सवारीलाई एम्बुसमा पारिएको मङ्गलबार बिहान जानकारी दिएका छन् ।

रातिको सेवामा कार्यरत १० जना सुरक्षा गार्ड एक सवारी साधनबाट ब्यागरम हवाई शिवीरको भ्रमणमा गएका र उनीहरु माथि स्थानीय समयाअनुसार सोमबार राति १० बजे आक्रमण भएको बताइएको छ । सो आक्रमणमा परी आठ जना मारिएका र दुई घाइते भएको प्रान्तीय सुरक्षा स्रोतले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ ।

सो स्रोतले यस घटनाको विषयमा विस्तृत विवरण भने नदिएको र अनुसन्धानरत रहेको जानकारी दिएको छ । यस घटनासम्बन्धी विस्तृत विवरण सञ्चारमाध्यमलाई पछि दिइने जानकारी दिइएको छ । ब्यागरम अफगानिस्तानको राजधानी काबुलबाट ५० किलोमिटर उत्तरमा पर्दछ । यस सैन्य शिवीरमा अमेरिकी र नेटोआवद्ध सैनिकहरु गत १६ बर्षयतादेखि कार्यरत रहेका छन् ।

ब्यागरम जिल्लाको साह आका इलाकामा भएको यस आक्रमणको कुनै पनि समूहले हालसम्म जिम्मा लिएको छैन् । तर गत अप्रिलको अन्त्यबाट भीषण आक्रमणको घोषणा गरिबसेका तालिवान आतङ्ककारीहरुले नै सो हत्या गरेको प्रहरीको दाबी छ । तालिवान आतङ्ककारी समूहले सरकारी अधिकारीहरुको जमघट एवम् सरकारी कामहरुबाट टाढै बस्न सर्वसाधारणलाई आह्वान गर्दै आएका छन् । रासस÷सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.