एपीएल क्रिकेटमा बंगलादेश टाइगर र श्रीलंकन लायन्सको विजयी शुरुवात

एपीएल क्रिकेटमा बंगलादेश टाइगर र श्रीलंकन लायन्सको विजयी शुरुवात

काठमाडौं: एशियन क्लब प्रिमियर लिग क्रिकेटमा बंगलादेश टाइगर र श्रीलंकन लायन्सले विजयी शुरुवात गरेका छन।

किर्तिपुर क्रिकेट मैदानमा मंगलबार भएको पहिलो खेलबाट बंगलादेश ट्राइगरले अफगानिस्तान बुल्सलाई ३ रनले पराजित गर्दै बिजयी शूरुवात गरेको हो।

खेलमा अफ्गानिस्थान बुल्सले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा आएको बंगलादेश टाईगरले १८ ओभरमा ८ विकेट गुमाउँदै केवल १ सय १ रन बनाएको थियो । वर्षाले बारम्बार प्रभावित पारेको खेल १८ ओभरमा छोट्याईएको थियो।

बंगलादेश टाईगरका लागि अहमदले २७ रन बनाउनु बाहेक अन्यले राम्रो बयाटिङ गर्न सकेनन् । अफ्गानिस्थान बुल्सलका हसनले किफयती बलिङ गर्दै ४ ओभरमा मात्र ९ खर्चेर ३ विकेट हात पारे।

१ सय २ रनको झिनो लक्ष्यका साथ जवाफि ब्याटिङमा आएको अफ्गानिस्थान बुल्सले निर्धा्रित ओभरमा ७ विकेट गुमाउदा मात्र ९८ रन बनाउन सक्यो।
मंगलबार नै भएको अर्को खेलबाट इन्डीयन स्टारर्स लाई पराजित गर्दै श्रीलंकन लायन्सले पनि बिजयी शूरुवात गरेको छ।

पहिले ब्याटिङ गरेको श्रीलंकन लायन्सले निर्धारित ओभरमा ७ विकेट गुमाउदै १ सय ५४ रन बनाएको थियो । जवाफमा आएको इन्डीयन स्टार्सले १५ ओभरमा सबै विकेट गुमाउदा मात्र १ सय १ रन बनाउन सक्यो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.