विराट कोहलीसँग मतभेद भएपछि भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षकले दिए राजिनामा
एजेन्सी : आइतबार सम्पन्न एसीसी च्याम्पियन ट्रफीको फाइनलमा पाकिस्तानसँग लज्जाजनक पराजय बेहोरेपछि भारतीय क्रिक्रेट क्षेत्रमा हलचल मच्चिरहेको छ । यसैबीच भारतीय क्रिकेट टीमका मुख्य प्रशिक्षक अनिल कुम्बलेले पदबाट राजिनामा दिएका छन् । भारतीय सञ्चार माध्ययमहरुले दिएका खबर अनुसार कप्तान विराट कोहलीसँग मतभेद भएपछि प्रशिक्षक अनिलले राजिनामा दिएका हुन् ।
उनले आफ्नो ट्वीटर एकाउन्टमा ट्वीट गर्दै विराट कोहली आफ्नो स्टाइलमा सहमत नभएको र उनीसँग मतभेद रहेको बताएका छन् । एक वर्षअघि भातीय टोलीका प्रशिक्षक बनेका उनको एक वर्षे कार्यकाल सकिएको भएपनि शुक्रबारदेखि वेस्टइन्डिजमा सुरु हुने भारत र वेस्इन्डिज बीचको एक दिवशीय श्रृङ्खलामा उनी नै रहने बताइएको थियो । लण्डनमा एक जरुरी बैठक रहेको हवला दिँदै प्रशिक्षक कुम्बले वेस्टइन्डिज नजाने निर्णय गरेका थिए।
उनले भारतीय क्रिकेट बोर्डले पुन आफूलाई नै प्रशिक्षक रहिरहन भनेकोप्रति आफू खुसी भएको भनेका छन् । कप्तान र प्रशिक्षकको भूमिकाको आफ्नो सीमा भएको, भन्दै कोहली र आफ्नो मतभेदलाई कायम राखेर भारतीय क्रिकेटलाई फाइदा नपुग्ने देखेर आफूले राजिनामा दिएको प्रशिक्षक अनिल कुम्बलेले बताएका छन् ।