निर्वाचन सुरक्षामा कुनै समस्या छैन : शर्मा
काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले निर्वाचन सुरक्षामा कुनै समस्या नरहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री शर्माले सुरक्षाका लागि साधान, स्रोत व्यवस्थापनमा कुनै कमी नल्याउने बताउनुभयो ।
असन्तुष्ट पक्ष पनि निर्वाचनमा आउनु सकारात्मक कुरा भएको उहाँको भनाई थियो । ‘निर्वाचन नचाहनेलाई पनि वार्ता र सहमतिमा ल्याउन सफल भएका छौं’ उहाँले भन्नुभयो । संविधान कार्यान्वयनको पहिलो चरण स्थानीय निर्वाचन भएको भन्दै आगामी दिनमा प्रदेश र केन्द्रको निर्वाचन पनि समयमभित्रै सम्पन्न गर्ने उहाँको भनाई थियो ।
प्रहरी मनोबल उच्च बनाएर काम गर्ने गृहमन्त्री शर्माले बताउनुभयो ।