प्रधानमन्त्री र राजपा नेताहरुबीच वार्ता सुरु

प्रधानमन्त्री र राजपा नेताहरुबीच वार्ता सुरु

काठमाडौंः स्थानीय निर्वाचन बहिस्कार गरी आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरु र प्रधानमन्त्री शेरबहादुर देउवाबीच वार्ता सुरु भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा जारी वार्तामा राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर र अनिल झा सहभागि हुनुहुन्छ ।

राजपालाई सहमतिमा ल्याउन सरकारले पटक पटक निर्वाचनको मिति सारेपनि राजपा निर्वाचनमा सहभागि नभएपछि सरकारले दुई नम्बर प्रदेशको स्थानीय चुनाव असोज २ गतेका लागि तोकेको छ ।

राजपा नेताहरुसंग संविधान संशोधनका विषयमा प्रधानमन्त्रीले छलफल गरिरहनुभएको बताइएको छ । प्रधानमन्त्री देउवा राजपालाई जसरी पनि सहमतिमा ल्याएर निर्वाचन गराउने पक्षमा हुनुहुन्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.