नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालित

नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालित

चितवन: पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालनमा आएको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज बिहान खसेको पहिराका कारण सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार राति पहिरो खसेपछि बिहान ३ बजेसम्म एकतर्फी गाडी चले पनि बिहान ४ बजेदेखि यातायात पूर्णरुपमा बन्द भएको हो ।

बिहान ०७ः५ बजे खुलेको सडक पुनः ०८ः५ बजे अवरुद्ध बनेको थियो । बिहान ०८ः५० बजेदेखि सडक दुईतर्फ सञ्चालन भएको प्रहरीले जनाएको छ । वर्षाका कारण मुग्लिनदेखि जलवीरेसम्मको क्षेत्रमा सात स्थानमा सानाठूला पहिरो खसेको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका डोजरको सहयोगमा पहिरो पन्छाइएको हो । दुई दिनअघि कालीखोलामा पहिरो खस्दा आठ घन्टा यातायात अवरुद्ध हुन पुगेको थियो । नारायणगढ–मुग्लिन सडक विस्तारको काम भइरहेकाले भित्तो काटिएको ठाउँमा पहिरो जाने क्रम चलिरहेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.