काभ्रेपलान्चोक, नुवाकोट र रामेछापका ४९१ भूकम्पपीडितलाई ट्याक्सी नम्बर प्लेट
काठमाडौं : सरकारले बुधबार काभ्रेपलान्चोक, नुवाकोट र रामेछापका चार सय ९१ जना भूकम्पपीडितलाई गोला प्रथाबाट ट्याक्सी नम्बर प्लेट वितरण गरेको छ ।
यातायात व्यवस्था विभागले विहान आठ बजेदेखि ललितपुरको च्यासल फुटबल मैदानमा एक तीन जिल्लाका ४८ हजार नौ सय ६५ जना आवेदकहरुबाट गोला प्रथा थरेर ट्याक्सी नम्बर प्लेट वितरण गरेको हो ।
जसमा काभ्रेपलान्चोकका २० हजार २७ जना आवेदकहरु मध्येबाट दुई सय एक जना, नुवाकोटको १२ हजार ४ सय ७१ जनाबाट गोला प्रथाबाट एक सय २५ र रामेछापका १६ हजार चार सय ६७ आवेदकहरु मध्येबाट एक सय ६५ जनालाई ट्याक्सी नम्बर प्लेट वितरण गरेको हो ।
यसैगरी विभागले भोली बिहिबार दोलखा, सिन्धुली र सिन्धुपाल्चोक ५१ हजार तीन सय १२ जना आवेदकहरु मध्येबाट गोला प्रथा गरेर पाँच सय १३ जनालाई ट्याक्सी नम्बर प्लेट वितरण गर्नेछ ।
यसैगरी शुक्रबार काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुंगा, गोरखा र रसुवाको ४९ हजार तीन सय ११ जना आवेदकहरु मध्येबाट गोला प्रथा गरेर चार सय ९६ जनालाई ट्याक्सी नम्बर प्लेट वितरण गर्नेछ ।