उम्मेदवार अपहरणमा संलग्न विप्लपका कार्यकर्ता पक्राउ

उम्मेदवार अपहरणमा संलग्न विप्लपका कार्यकर्ता पक्राउ

धनकुटा : स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बनेका व्यक्तिलाई अपहरण गर्ने र निर्वाचन विथोल्ने योजना बनाएको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (विप्लप) का ३ जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय धनकुटाले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी आकाश, सदस्य राजन अधिकारी र युवा लिगका सह–संयोजक कर्णबहादुर ज्ञवाली हुनुहुन्छ। सेक्रटरी आकाश र अधिकारीलाई सिधुवाबाट र ज्ञवालीलाई धनकुटाबाट पक्राउ गरेको धनकुटाका प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले बताउँनु भयो।

जिल्ला सदस्य राजन अधिकारीले प्रयोग गरेको बा ३९ प ९०९७ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.