प्रदेश ५ मा राजपाको आन्दोलन रोकियो : चुनावी प्रचारप्रसार तिव्र

प्रदेश ५ मा राजपाको आन्दोलन रोकियो : चुनावी प्रचारप्रसार तिव्र

नवलपरासी : प्रदेश नम्बर ५ को परासी क्षेत्रमा चुनावी माहोल तातेको छ। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको आन्दोलन मत्थर भएसँगै उत्साहजनक रुपमा चुनावी माहोल तातेको हो।

एक महिना अघिदेखि दलहरुले उम्मेदवार चयन गरेपनि राजपाको अवरोधका कारण गाउँमा चुनावी गतिविधि अघि बढ्न सकेको थिएन। मनोनयन दर्ता अघिका दिनमा दलहरुका झण्डा जलाउने, पार्टी कार्यालय तोडफोड गर्नेलगायतका चुनाव विरोधी गतिविधि गरेपछि उम्मेदवारहरुले निर्वाध रुपमा प्रचार अभियान सञ्चालन गर्न सकेका थिएन्।

असार ४ को मनोनयन दर्तालाई अवरोध गराउने गरी राजपाले आमहड्ताल गरेपनि त्यसको प्रभाव नपरेपछि दलहरुले आइतबारदेखि चुनावी प्रचार अभियानलाई तिव्र बनएका हुन्।

मनोनयन दर्तामा सबैभन्दा बढी मधेसी समुदायकै उम्मेदवार बढी छन्। तीन नगरपालिका र चार गाउँपालिकामा असार १४ गते दोस्रो चरणको निर्वाचन हुँदैछ। राजमार्ग क्षेत्रमा रहेका सुनवल र बर्दघाट नगरपालिका बाहेक रामग्राम नगरपालिकासहित सरावल, पाल्हीनन्द, सुस्ता र प्रतापपुर गाउँपालिकाका प्रमुखहरुमा सबै दलहरुले मधेसी समुदायबाट उम्मेदवार उठाएका छन्।

राजपाको प्रभाव क्षेत्र मानिने दक्षिण भेगका स्थानीय तहलाई जिल्ला सुरक्षा समितिले अति संवेदनशील र कम संवेदनशील रुपमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाएको छ। जसमा प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकालाई अति संवेदनशील राखिएको छ ।

संघीय समाजवादी फोरम नेपाल र फोरम लोकतान्त्रिकसमेत चुनावमा सहभागी भएपछि मधेसी मतदाताहरुमा चुनावको उत्साह थपिएको हो। जसका कारण राजपाको आन्दोलन मत्थर भएको हो। सबै दलहरुले अहिले निर्वाध रुपमा चुनावी कार्यक्रमलाई अघि बढाएपछि दक्षिणभेगका मतदाताहरुमा उत्साह बढेको छ।

मधेसी मतदाताहरुमा एक्कासी चुनावको उत्साह बढेको देखेपछि जिल्लास्थित राजपाले आन्दोलनको स्वरुप परिवर्तन गरेको छ। दलहरुको चुनावी गतिविधिलाई अवरोध नगर्ने गरी आन्दोलनका कार्यक्रम तय गरिएको राजपाका जिल्ला संयोजक पुरन चौधरीले बताउनुभयो।

उहाँले गाउँमा चुनाव बहिष्कारको संकेत स्वरुप कालो झण्डा गाँड्ने, मतदातालाई मतदान कार्यमा सहभागी नहुन अपिल गर्ने र असार १० र ११ गते मोटरसाइकलमा कालो झण्डा राखेर र्‍याली गर्नेलगायतका कार्यक्रम रहेको चौधरीले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.