विप्लवका जिल्ला नेता पक्राउ
गाईघाट : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एक जिल्ला स्तरीय नेतालाई प्रहरीले मंगलबार राती पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५० बर्षीय पुर्णबहादुर कटुवाल रहनु भएको छ ।
स्थानीय तहको निर्वाचन विथोल्ने तयारी गरिरहेको गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले उहाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमबहादुर रानाले जानकारी दिनुभयो ।
विप्लव समुहले स्थानीय तहको निर्वाचन विथोल्न विभिन्न योजना बनाई रहेको भन्दै प्रहरीले पछिल्लो समयमा गृहमन्त्रालयकै आदेशमा उनीहरुलाई पक्राउ गर्ने तयारी गरिरहेको छ । विप्लव समुहका कार्यकर्तालाई सहरबजारमा प्रहरीले खोजी कार्य तीव्र बनाएपछि उनीहरु अर्धभुमिगत अबस्थामा छन् ।