'निर्वाचन सारेर राज्यको शक्ति दुरुपयोग'

    'निर्वाचन सारेर राज्यको शक्ति दुरुपयोग'

 

बर्दिया : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सरकारले निर्वाचनको मिति सारेर राज्यको शक्ति दुरुपयोग गरेको वताउनु भएको छ । स्थानीय तह निर्वाचनका क्रममा प्रदेश नम्वर ५ अन्र्तगत बर्दियामा पार्टीको प्रचारमा आउनु भएका गौतमले सो कुरा वताउनु भएको हो ।
प्रेस चौतारी बर्दियाले राखेको पत्रकार सम्मेलनमा वोल्दै नेता गौतमले एमाले नयाँ सरकार वनाउने खेलमा नलागेको प्रष्ट्याउँदै सरकार ढाल्ने र बनाउने आफूहरुको कुनै सोँच नरहेको स्पष्ट पार्नुभयो ।
गठवन्धन गरी एमालेले सरकार परिवर्तन गराउने भन्ने हल्ला निराधार रहेको खण्डन गर्दै उहाँले त्यस्ता हल्लाको पछि नलाग्न आग्रह समेत गर्नुभयो । अहिलेको सरकारले २ नम्वर प्रदेशको निर्वाचन तेश्रो चरणमा घोषणा गरेको प्रति असन्तुष्टि जनाउँदै राज्यले दम्भको वलमा शक्ति दुरुपयोग गरेको उहँको आरोप थियो ।
दोश्रो चरणको मनोनय दर्ता मिति २ गते भएपनि ४ गते पुर्याएको र प्रदेश नम्वर २ मा हुने निर्वाचन असोज २ गते पुर्याएको भन्दै पूर्व गृहमन्त्री समेत रहनु भएका गौतम्ले सरकारको चर्को आलोचना गर्नु भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.