संविधानले कसैलाई विभेद गरेको छैनः नेता नेम्वाङ
पाँचथरः नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले सत्ता पक्षले स्थानीय तहको निर्वाचन सारेर देशलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाउनुभएको छ ।
राििष्ट्रय जनता पार्टीले चुनाव नचाँहदा नचाहँदै पनि जबर्जस्त २ नं प्रदेशमा निर्वाचनको मिति सारेर देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको उहाँको आरोप थियो ।
बुधवार पाँचथरको कुम्मायक गाउँपालिकास्थित याशोकमा एमालेको चुनावी सभालाई सम्बोधन गर्दै एमाले संसदीय दलका उपनेता नेम्वाङले यस्तो बताउनुभएको हो । वर्तमान सरकारको रबैयाका कारण आगामी माघसम्ममा तीन तहको निर्वाचन अनिश्चित हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।
उहाँले नेपालको संविधानले हिमाल, पहाड र तराईका सबै समुदायलाई समेटेको बताउनु भयो । रासस