परराष्ट्रमन्त्री महरा र चिनीयाँ प्रतिनिधि मण्डलबीच भेट

परराष्ट्रमन्त्री महरा र चिनीयाँ प्रतिनिधि मण्डलबीच भेट

काठमाडौं : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासंग नेपाल भ्रमणमा रहेको चिनीया प्रतिनिधि मण्डलले भेट गरी दुई देशबीचको आपसी सम्बन्ध तथा चासोका विषयमा छलफल गरेको छ । पराष्ट्रमन्त्रालयमा बुधवार भएको भेटवार्तामा नेपाल–चीनबीचमा भएका विगतका सम्झौतालाई कार्यान्वयन गरेर अगाडि बढ्ने र आगामी दिनमा आपसी सम्बन्धलाई प्रगाढ बनाउँदै लैजाने विषयमा जोड दिइयो ।

सो अवसरमा परराष्ट्रमन्त्री महराले चीनसँग भएका महत्वपूर्ण सम्झौताहरु पारवाहन तथा यातायात, रोड एन्ड बेल्ट इनिसियटिभस्, क्रस बोडेर इकोनोमिक जोन जस्ता सम्झौतामा दुईपक्षबीच छलफल गरेर कार्यान्वयन गरिने प्रतिबद्ध व्यक्त गर्नुभयो ।

आपसी सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताउँदै उहाँले चिनीया उद्योगी व्यावसायीले प्रतिवद्धताअनुसार ८ दशमलव ३ अर्व अमेरिकी डलर बराबरको लगानी चाडै आउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री महराले स्वतन्त्र व्यापार सम्झौता (एफटिए) सम्बन्धी प्रावधानले नेपालको व्यापार घाटा कम गर्न, उत्पादन वृद्धि गर्न र निर्यात वृद्धि गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाललाई चीनले दिएको ५१२ वटा वस्तुमा दिएको सून्य भन्सार महसुलका कारण पनि व्यापारमा मुलुकले फाइदा लिन सकेको बताउनुभयो । मन्त्री महराले पर्यटन प्रवद्र्धनका लागि दुबै मुलुकबीच पहल गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

उहाँले वर्तमान राजनीतिक अवस्थाबारे जानकारी दिँदै संविधानको कार्यान्वयनका शीलशीलामा पहिलो चरणको निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको र दोस्रो चरणको निर्वाचन अगाडि बढ्ने क्रममा रहेको बताउनुभयो । मन्त्री महराले सबै निर्वाचन तोकिएको समयमै सम्पन्न हुने विश्वास दिलाउनुभयो ।

नेपाल एक चीनप्रति प्रतिवद्ध रहेको उल्लेख गर्दै उहाँले आपसी, विश्वास समझदारी र पञ्चशीलको आधारमा अगाडि बढ्ने बताउनुभयो । मन्त्री महराले परम्परागतरुपमा हुँदै आएको दुई देशबीको उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

उहाँले आफ्ना समकक्षी तथा चिनीया विदेशमन्त्री वाङ यीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभयो ।

जवाफमा प्रतिनिधि मण्डलका प्रमुख तथा सहायक विदेशमन्त्री क्वाङ सुयानयु (प्यलन ह्गबलथयग० ले नेपालले ओबोरमा हस्तारक्षर गरेसँगै नेपाल–चीनबीचको सम्बन्ध नयाँ ‘फ्रेम’मा अगाडि बढेको भन्दै आपसी समझदारी, विश्वास र सद्भावका आधारमा सम्बन्ध अगाडि बढेको बताउनुभयो ।

परामर्श संयन्त्रको बैठक फलदायी भएको बताउँदै उहाँले आउँदा दिनमा दुई देशबीच भएका सम्झौता कार्यान्वयनको चुनौति रहेको विचार व्यक्त गर्नुभयो । क्वाङले सम्झौता कायान्वयनमा आफ्ना सरकारी संयन्त्र परिचालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,“ ओबोर बढाउने क्रममा नेपाल एक महत्वपूर्ण मुलुक रहँदै आएको छ । यस कार्यमा नेपाल प्रतिवद्ध भएर अगाडि बढ्छ भन्ने विश्वास छ ।” वाङले यसै वर्ष चीनको उच्चस्तरको भ्रमण गराउने प्रयास भइरहेको जानकारी समेत दिनुभयो ।

उहाँले पराराष्ट्रमन्त्री महरालाई चिनीया विदेशमन्त्री वाङ् यिको बधाई तथा शुभकामना सन्देश सुनाउँदै सक्दो चाडो चिन भ्रमणको निम्ता दिनुभयो ।

बैठकमा पराष्ट्रमन्त्रालयका उच्चअधिकारी तथा नेपालका लागि चिनीया राजदूत यु होङलगायत प्रतिनिधिको सहभागीता थियो ।

मङ्गलबार सम्पन्न संयुक्त परामर्श संयन्त्रको एघारौं बैठकमा भाग दिन चिनीया प्रतिनिधि मण्डल नेपाल आएको थियो । उक्त प्रतिनिधि मण्डलले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी भोलि स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.