नेपाली विद्यार्थीले बनाए ‘फोबोस'

नेपाली विद्यार्थीले बनाए ‘फोबोस'

काठमाडौं : मंगलग्रहको उपग्रह ‘फोबोस' मा अन्तरिक्षा यात्री बस्न सक्ने वासस्थानको नमुना तयार गर्न अन्डरग्य्राजुएट तहका इन्जिनियरिङबीच संसारभर गराइएको प्रतिस्पर्धामा नेपाली विद्यार्थीको समूह विजेता तीनमा छनोट भएको छ ।अमेरिकन इन्स्टिच्युट अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एआईएए)ले आयोजना गरेको प्रतिस्पर्धामा चार नेपाली विद्यार्थी (थापाथली इन्जिनियरिङ क्याम्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी) को संयुक्त समूह छनोट भएको हो ।

समूहमा थापाथली इन्जिनियरिङ क्याम्पसका राजन भण्डारी र सञ्जीव अधिकारी एवं पुल्चोक इन्जिनियरिङ क्याम्पसका राजकुमार गुरुङ र अर्जुन मगर सम्मिलित छन् । प्रतियोगितामा सहभागी हुने नेपाली विद्यार्थीको समूहले ६ वटा सिलिन्डर आकारका नमुनाको डिजाइन तयार गरेको छ । समूहका सदस्य राजन भण्डारीले प्रत्येक सिलिन्डर १३ दशमलव ७ मिटर लम्बाई र ६ दशमलव ७ मिटर फराकिलो हुने बताउनुभयो ।

थापाथली इन्जिनियरिङ क्याम्पसका राजन भण्डारी र सञ्जीव अधिकारी एवं पुल्चोक इन्जिनियरिङ क्याम्पसका राजकुमार गुरुङ र अर्जुन मगर छनोटमा परेका हुन् ।

एउटा सिलिन्डर बसोवासका लागि प्रयोग हुनेछ जसमा ६ जना बस्न सक्नेछन् । त्यसमा शौचालय, स्नानगृह, भान्साघरका साथै आराम तथा शारीरिक अभ्यासका लागि समेत स्थान छुट्ट्याइएको छ । दोस्रो सिलिन्डरमा मेडिकल र एस्ट्रोबोयोलोजी ल्याब हुनेछ । तेस्रो र चौथो सिलिन्डरमा अन्न उत्पादन गर्न सकिनेछ जहाँ धान, भटमास र सागको खेती हुनेछ । पाँचौं सिलिन्डरमा अभ्यास कक्ष हुनेछ भने छैटौं सिलिन्डरलाई स्टोरका रूपमा प्रयोग गर्न सकिन्छ ।

भण्डारीका अनुसार हरेक सिलिन्डरको चाप र ताप नियन्त्रण गरिएको छ । २५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम नरहने गरी डिजाइन गरिएको उहाँले जानकारी दिनुभयो । मोडल तयार गर्न ६ महिना लागेको थियो । विद्यार्थीलाई पुल्चोक क्याम्पसका सह-प्राध्यापक सुदीप भट्टराईले सुपरिवेक्षण गर्नुभएको थियो भने नेपाल एस्ट्रोनमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले सहयोग गर्नुभएको थियो ।

विजेता विद्यार्थी समूह आफ्नो नमुनाबारे जानकारी राख्न आगामी सेप्टेम्बर एआईएएले आयोजना गरेको ‘स्पेस फोरम' मा भाग लिन अमेरिका जानेछ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.