भारतीय प्रशिक्षक कुम्बलेको राजीनामा

भारतीय प्रशिक्षक कुम्बलेको राजीनामा

नयाँदिल्ली : भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक अनिल कुम्बलेले आफ्नो पदबाट राजीनामा दिएका छन् । भारतीय टोली सम्हालेको एक वर्षमै कुम्बलेले पदबाट राजीनामा दिएका हुन् । पाँच एकदिवसीय तथा दुई टीट्वेन्टी खेलको शृंखलाका लागि भारतीय टोली वेस्ट इन्डिजतर्फ लागे पनि प्रशिक्षक कुम्बले उक्त टोलीमा सहभागी भएका थिएनन् ।

प्रमुख प्रशिक्षक कुम्बलेले टोलीका कप्तान विराट कोहलीसँगको मतभेद र असमझदारीका कारण मुख्य प्रशिक्षकबाट राजीनामा दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कुम्बलेले पनि सामाजिक सञ्जाल ट्विटरमा कप्तान कोहलीसँगको मतभेदलाई आफ्नो राजीनामाको मुख्य कारण उल्लेख गरेका छन् । कुम्बलेले ट्विटरमा आफ्नो प्रशिक्षणमा कप्तान कोहलीको आपत्ति रहेको जानकारी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) बाट थाहा पाएको ट्विट गरेका छन् ।

बीसीसीआईले कोहलीसँगको मतभेद हटाउने प्रयास गरे पनि त्यसले तार्किक निष्कर्ष निकाल्न नसकेको कुम्बेले बताएका छन् । कुम्बलेले ट्विटमा आफूलाई प्रशिक्षकमा छनोट गरेकोमा बीसीसीआईप्रति आभार व्यक्त गर्दै आफ्नो प्रशिक्षणको अवधिमा राष्ट्रिय टोलीले पाएको उपलब्धिको श्रेय कप्तान, टोलीका अन्य खेलाडी, कोचिङ तथा स्टाफलाई जाने बताएका छन् ।

प्रमुख प्रशिक्षक कुम्बले र कप्तान कोहलीबीच च्याम्पियन्स ट्रफी सुरु हुनुभन्दा अगाडिदेखि नै मतभेद रहेको समाचार बाहिर आएको थियो । तर, कप्तान कोहलीले भने उक्त समाचारको पटकपटक खण्डन गर्दै आएका थिए । खेलाडीका रूपमा छुट्टै इतिहास बनाएका कुम्बलेले सन् २०१६ जुन २३ मा भारतीय टोली सम्हालेका थिए । भारतीय क्रिकेटमा उनको एक वर्षको कार्यकाललाई सफल मानिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.