'ज्यादती बन्द नभए गोर्खाल्याण्डमा रगत बगाउने छौ'(भिडियोसहित)

'ज्यादती बन्द नभए गोर्खाल्याण्डमा रगत बगाउने छौ'(भिडियोसहित)

दार्जिलिङ: दार्जीलिङसहितका क्षेत्रमा भइरहेको दमनको बिरोध र गोर्खाल्यान्डको पक्षमा बिहीबार बिहान इलाममा गोर्खाल्याण्डका छोरीहरुले र्‍याली निकालेका छन् । बंगाली भाषालाई बाध्यकारी बनाउने प्रयास पछि पश्चिम बंगालको नेपाली भाषी भारतीयको सघन बसोबास भएको दार्जीलिङ र आसपासका क्षेत्रमा चर्केको गोर्खाल्याण्ड आन्दोलनको मागलाई समर्थन गर्दै उनीहरुले गोर्खाल्याण्ड आन्दोलनका पक्षधरलाई आतंककारी नठान्न बंगाल सरकारलाई आग्रह गरे ।

इलाममा दार्जीलिङ, खर्साङ, मिरीक, सहितको गोर्खाल्याण्डबाट विवाह गरेर आएका हजार भन्दा बढि चेली रहेका छन् । कामको सिलसिलामा इलाम आउने दुई सय भन्दा बढि रहेको दार्जीलिङका इलामको गृनभ्याली एकाडेमीका प्रिन्सीपल राजन माइकल गुरुङले बताउनुभयो।

र्‍यालीमा हामी गोर्खाल्याण्ड चाहान्छौ लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो । दार्जीलिङकी चेली सुधा मुखीयाले बंगाल सरकारको राज्य आतंक नरोकिए प्रदर्शन जारी राख्ने बताउनु भयो । उहाँले भन्नु भयो ‘ज्यादती बन्द भएन भने गोर्खाल्याण्डमा गएर रगत बगाउने छौं' उहाँले गोर्खाल्याण्डका बासिन्दलाई आतंककारी नठान्न आग्रह गर्नुभयो ।एकसय दश बर्ष पुरानो मागलाई भारतले वेवास्था गरेर निरन्तर अन्याय गरिरहेको प्रिन्सीपल गुरुङले बताउनु भयो।

यता आन्दोलनमा उत्रेको गोर्खा जनमुक्ति मोर्चा सहितका दलले बिहीबार बंगाल मुख्य मन्त्री ममता व्यनर्जीले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने जनाएका छन्। बंगाल सकारले धडपकड सहित राज्य आतंक मच्चाएको आरोप लगाउदै आएका गोर्खाल्याण्डका पक्षधर दलले ममताले बोलाएको बैठकमा नजाने निर्णय गरेको मोर्चाकी नेतृ निरा शर्माले जानकारी दिनुभयो ।

बंगाल सरकाले मोर्चाका अध्यक्ष विमल गुरुङ, महासचिव रोशन गिरी, सहसचिव विनय तामाङसहितका नेतालाई पक्राउ पुर्जी जारी गरेको शर्माले बताउनुभयो । केहि दिन अघि बंगाल प्रहरीले मोर्चाको कार्यालय र अध्यक्ष गुरुङको निवासमा छापा मारेपछि नेताहरु भुमिगत भएका छन् । गुरुङ र तामाङको पहिले प्रयोग गरेको फोनमा सम्पर्क हुँदैन । महासचिव गिरीले आफु दिल्लीमा रहेको जानकारी दिनुभएको छ ।

यस अघि शनिबार प्रहरीसंग भएको झडपमा तीन जना नेपाली भाषी भारतीय नागरिकको मृत्यु भएको छ । चारदिन देखि इन्टरनेट बन्द छ । आन्दोलनका पक्षमा सिक्कममा पनि प्रदर्शन भएको खबर छ । लाखौ सिक्किमका नागरीकले गोर्खाल्याण्डको माग न्यायसंगत भएको भन्दै माग पुरा गर्न आग्रह गरेका छन् । दार्जीलिङ, खर्साङ मिरीक लगायतका स्थानमा प्रदर्शन जारी रहेको शर्माले जानकारी दिनुभयो ।

भिडियो हेर्नुहाेस् 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.