ट्रम्पको बेलायत भ्रमण अन्योलमा

ट्रम्पको बेलायत भ्रमण अन्योलमा

लन्डन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको बेलायत भ्रमण अन्योलमा परेको छ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले बुधबार बेलायती संसद्मा यसबारे कुनै पनि उचचारण नगरेपछि यस्तो अवस्था सिर्जना भएको हो ।

यस वर्षको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेलायतको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेकोमा थियो । राष्ट्रपति ट्रम्पको बेलायत भ्रमण होस् भन्ने पक्षमा सर्वसाधारण नरहेका तथ्य सञ्चारमाध्यमले यसअघि नै खुलासा गरिसकेका थिए । ट्रम्पको बेलायत भ्रमणको विषयलाई लिएर गरिएको एक लिखित र सार्वजनिक सर्वेक्षणमा उनको भ्रमण रद्द गराउन माग गर्दै १८ लाख व्यक्तिले सही गरेका थिए ।

शाहजादा फिलिप अस्पतालमा

बेलायती शाहजादा तथा ड्युक अफ एडिनबराका नामबाट विश्वमा परिचित तथा महारानी एलिजाबेथ द्वितीयाकी पति ९६ वर्षीय फिलिप अस्पताल भर्ना भएका छन् । शरीरमा संक्रमण भएका कारण पूर्वसावधानी अपनाउन र आवश्यक उपचारका लागि उनलाई लन्डनको किङ एडवार्ड सातौँ नामक स्थानीय अस्पतालमा भर्ना गरिएको बकिङम राजप्रासादले बुधबार जानकारी दिएको छ । पहिलेको तुलनामा उनको स्वास्थ्यमा संक्रमण बढेको पाइएपछि उनलाई अस्पताल भर्ना गरिएको दरबार स्रोतले जानकारी दिएको छ । युवराज फिलिपले यसै वर्षको अन्त्यसम्म आफूले वहन गरिरहेको सार्वजनिक दायित्वबाट मुक्त हुने घोषणा गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.