योजना अनुसार अघि बढ्न गृहमन्त्रीको निर्देशन 

योजना अनुसार अघि बढ्न  गृहमन्त्रीको निर्देशन 

विराटनगर : गृह मन्त्री जनार्दन शर्माले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि तयार पारिएको सुरक्षा योजना अनुसार अघि बढ्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिनु भएको छ ।
विराटनगरमा बिहीबार आयोजित प्रदेश नम्बर १ को क्षेत्रीय सुरक्षा गोष्ठी उद्धघाटन गर्दै गृहमन्त्री शर्माले भन्नु भयो, ‘निर्वाचनका लागि केन्द्रीय सुरक्षा समितिले योजना बनाएर क्षेत्रीय र जिल्ला सुरक्षा समितिलाई पठाएका कारण त्यही अनुरुप सुरक्षा व्यवस्था मिलाउनु पर्छ ।’ उहाँले निर्वाचनलाई लक्षित गरेर जिल्लागत वस्तुस्थितीका आधारमा सुरक्षा योजनालाई कार्यान्वायन गर्न पनि निर्देशन दिनु भयो । ‘जिल्लागत वस्तुस्थितिका आधारमा चुनौतीको मूल्याँकन गर्दै त्यहाँका समस्या र अप्ठेराहरुको समाधान गर्न सुरक्षा योजनालाई परिमार्जन पनि गर्न सकिन्छ,’ उहाँले भन्नु भयो, ‘तर निर्वाचन स्वस्थ, धाँदलीरहित र शान्तिपूर्ण बनाउनु पर्छ ।’
निर्वाचन सुरक्षा व्यवस्था मिलाउने सन्दर्भमा केही चुनौती रहेको उल्लेख गर्दै मन्त्री शर्माले ती चुनौतीको सामना गर्न तयार हुन पनि सुरक्षा अधिकारीलाई निर्देशन दिनु भयो । निर्वाचनप्रति असन्तुष्ट रहेका दलहरुलाई पनि निर्वाचनमा स्वतन्त्र वा कुनै न कुनै रुपले सहभागी गराउन सक्नु सरकारको मुख्य उपलब्धी भएको उहाँको भनाई थियो । ‘प्रत्यक्ष रुपमा नभए पनि राजपा र विप्लव समूहले समेत निर्वाचनमा सहभागिता जनाएको अवस्था छ,’ उहाँले भन्नु भयो, ‘त्यही हिसावको सुरक्षा व्यवस्था मिलाउनु पर्ने दायित्व सरकारको हो ।’
दलहरुबीचमा स्वस्थ्य र सकारात्मक प्रतिष्पर्धाका आधारमा स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मुलुक समृद्धिको बाटोतर्फ लम्कने शर्माको भनाइ छ । ‘निर्वाचन मुलुकमा राजनैतिक अस्थिरता, संक्रमणकाल, भ्रष्टाचार, अनियमितता, राजनैतिक अन्तरविरोध र विभिन्न समस्याको अन्त्य गर्ने एउटा खुड्किलो पनि हो,’ मन्त्री शर्माले भन्नु भयो, ‘राजनैतिक स्थिरताको जग बसाएर जनता पाउने सेवा सुविधा विस्तार गर्ने अवसरका रुपमा पनि यसलाई सदुपयोग गरिनु पर्छ ।’
गोष्ठीमा पूर्वाञ्चलका १६ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, अञ्चल प्रहरी प्रमुखहरु, नेपाल तथा सशस्त्र प्रहरीका क्षेत्रीय तथा केन्द्रीय प्रमुखहरु, राष्ट्रिय अनुसन्धानका प्रमुख, क्षेत्रीय प्रशासक, नेपाली सेनाका अधिकारी, निर्वाचन आयुक्त, गृह सचिव लगायतका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.