‘संशोधनमा हिन्दी भाषा घुसाउन खोजेकोले एमाले विपक्षमा’

 ‘संशोधनमा हिन्दी भाषा घुसाउन खोजेकोले एमाले विपक्षमा’

फिदिम : नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले वर्तमान सरकारलाई निर्वाचन गराउन जाँगर नचलेको आरोप लगाउनुभएको छ । नेपाल पत्रकार महासंघको कार्यालयमा विहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेम्बाङले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा पनि एमाले नै पहिलो हुने देखिएपछि सरकारलाई निर्वाचन गराउने जाँगर हराएको बताउनुभएको हो ।
यो वा त्यो बहानामा सरकारले निर्वाचनको मिति सारेर ठूलो गल्ति गरेको उहाँको ठहर छ । राज्यपक्ष जिम्मेवार नभएकै कारण प्रदेश नं. २ मा निर्वाचनको मिति सारिएको नेम्बाङको भनाई छ । मधेशवादी दलहरुले निर्वाचनको विरोध नगरेको भन्दा भन्दै सरकारले स्थानीय तहको संख्या थपघट गर्नलाई प्रदेश नं.२ को चुनाबलाई पछाडी धकेलेको उहाँले बताउनुभयो ।
पत्रकारहरुको जिज्ञासामा नेम्बाङले एमाले संविधान संशोधनकै पक्षमा रहेको बताउनुभयो । ‘आवश्यकताको आधारमा संविधान संशोधन गर्नुपर्छ,’ नेम्बाङले भन्नुभयो ‘रहरले संविधान संशोधन गर्ने हैन । यो बेलामा संविधान कार्यान्वयन गर्नतर्फ जोड दिनुपर्छ ।’ सरकारले संविधान संशोधन गरेर नेपालमा हिन्दि भाषालाई घुसाउन खोजेकाले तत्कालका लागि एमाले संशोधनको विरोधमा उभिएको उहाँले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.